युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार नीति अन्तर्गत थप पाँच लाख रोजगारी सृजना गरिने

 जेठ ५, २०८० शुक्रबार १७:५७:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – सरकारले युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार भन्ने नीति लिएको छ ।

युवासँग सरकार, कोही हुने छैनन् बेरोजगार नीति अन्तर्गत सरकारले आउँदो दुई वर्षमा थप पाँच लाख रोजगार सृजना गर्ने भएको छ ।

शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गर्नुभएको हो । यसका लागि उत्पादनसँग प्रत्यक्ष जोडिने कार्यक्रम ल्याउने, श्रम बजारको माग अनुसार सीपयुक्त तालिम सञ्चालन गर्ने सरकारको नीति रहेको राष्ट्रपति पौडेलले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया