कामका लागि भिजिट भिसामा न्युजिल्याण्ड जाँदै हुनुहुन्छ ? सचेत हुनुहोस्

 जेठ ९, २०८० मंगलबार ११:१९:१६ | उज्यालो सहकर्मी

काठमाण्डौ – रोजगारीको प्रलोभनमा न्युजिल्याण्ड पुगेर ठगिने क्रम बढेको छ ।

पछिल्लो समय नेपालबाट भिजिट भिसामा न्युजिल्याण्ड रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ असुल्ने र त्यहाँ पुगेकाहरू पनि ठगीमा परेर दूतावासमा सम्पर्क गर्नेहरू बढेको त्यहाँ रहेको नेपाली अवैतनिक वाणिज्य दूतावासले जनाएको छ । 

न्युजिल्याण्ड पुगेकाहरूलाई म्यानपावर कम्पनी र एजेण्टहरुले मोटो रकम लिएर भिजिट भिसामा ल्याएको दूतावासले जनाएको छ । तर भिजिट भिसामा गएकाहरूले न्युजिल्याण्डमा काम गर्ने अनुमति नहुने भन्दै वाणिज्य दूतावासले सबैलाई सचेत समेत गराएको छ । 

कोही कसैले न्युजिल्याण्डमा भिजिट भिसामा काम लगाइदिन्छ भनेमा उनीहरूको कुरामा विश्वास नगर्न र बेलैमा सचेत हुन वाणिज्य दूतावासले अनुरोध गरेको छ । न्युजिल्याण्ड पठाइदिने भन्दै रकम असुलेर फरार भएको भन्दै विभाग पनि उजुरीहरू पर्ने क्रम बढ्दो छ ।

वैदेशिक रोजगारीमा जान संस्थागत र व्यक्तिगत गरी दुई तरिकाले जान सकिन्छ । तर सरकारसँग अनिवार्य श्रम स्वीकृति लिनु पर्छ र श्रम स्वीकृति लिन काम गर्ने भिसामा नै विदेश जान पर्छ । भिजिट भिसा भनेको घुम्ने भिसा भएकाले घुम्ने भिसामा पर्यटकको रूपमा कुनै पनि देश पुगेर काम गर्ने वा कमाउने सपना बुन्दा ठगीमा पर्ने सम्भावना बढी हुन्छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

2 Comments

  • Kamal

    May 23, 2023, 6:43 p.m.

    Dhanna ma bachy

  •  0 Reply
  • Ram Chandra Sharma

    May 23, 2023, 2:06 p.m.

    म पनि जाने recovery visa मा जान तयारी थिए, अब म confuse भए, अब के गर्ने होला त

  •  1 Reply

तपाईको प्रतिक्रिया