कोरोना भाइरसको सङ्क्रमण दर शून्यमा झर्यो

 जेठ २२, २०८० सोमबार ६:४८:४८ | रासस
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमण शून्यमा झरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हिजाे सार्वजनिक गरेको तथ्याङ्कमा सात सय ६० जनामा गरिएको परीक्षणमा सङ्क्रमित सङ्ख्या शून्य रहेको छ । 

अहिलेसम्म सक्रिय सङ्क्रमित १७ जना रहेका छन् । कोही पनि सङ्क्रमितलाई सघन उपचार कक्ष (आईसीयू) र भेन्टिलेटरमा राख्नुपरेको छैन । यही जेठ महिनादेखि नेपालमा पनि कोरोना भाइरस विरुद्धको खोपको प्रभावले र छिमेकी देश भारतमा पनि सङ्क्रमण कम भएपछि नेपालमा सङ्क्रमण कम हुँदै गएको हो ।

गएकाे चैतमा नयाँ भेरियन्ट ओमिक्रोन एक्सबीबी १ दशमलव १६ देखिएपछि नेपालमा सङ्क्रमण बढिरहेको थियो । नेपालमा कोरोना भाइरसको सङ्क्रमण न्यून हुँदै गएपछि मास्कको प्रयोगलाई पनि स्वेच्छिक बनाइएको छ ।

विश्व स्वास्थ्य सङ्गठनले पनि कोरोना भाइरस न्यून हुँदै गएपछि गएकाे वैशाख २२ गते कोभिड–१९ जनस्वास्थ्यको आपत्काल नरहेको घोषणा गरेको थियो । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया