युएईमा ३ नेपालीलाई ८ लाख १० हजार रुपैयाँ नगद उपहार

 जेठ २५, २०७५ शुक्रबार १७:२४:२१ | उमाकान्त पाण्डे
unn.prixa.net

युएई – युएई एक्सचेन्जबाट घरमा पैसा पठाउँदा युएईमा तीन नेपालीले नगद उपहार पाएका छन् ।  

एक्सचेन्जद्वारा सञ्चालित ‘धेरै जीतौँ, ठूलो धनराशि जीतौँ’ योजनामा अहिलेसम्म तीन नेपालीले प्रतिव्यक्ती २५ सय डलर अर्थात २ लाख ७० हजार रुपैयाँ पाएका हुन् । 

पछिल्लो पटक बिहीबार आबुधाबीको मुसाफा आइकार्ड मजदुर क्याम्प शाखाबाट नेपाल पैसा पठाउँदा रुपन्देहीका शेखर भुषाल मे महिनाको विजेता बन्नुभएको हो । 

नगद पुरस्कार विहीबार प्रदान गरिएको युएई एक्सचेन्जका नेपाल बजार प्रमुख सन्तोष प्रसाईंले जानकारी दिनुभयो । उहाँ तेस्रो पटकको बिजेता हुनुहुन्छ । आबुधाबी मफ्रक मजदुर क्याम्प शाखाबाट धनुषाका गणेश कपारी केवटले पहिलो पटक पुरस्कार पाउनुभएको थियो । 

त्यस्तै, दुवईमा रहेको अलरिगा शाखाबाट पैसा पठाउँदा काठमाडौंकी सरला केसीले नगद उपहार पाउनुभएको थियो । पहिलो पल्ट विजेता बनेका केवट १६ वर्षदेखि आबुधाबीको आर्को इन्टरनेशनल कम्पनीमा ८ सय तलबमा मजदुरी गर्दै आउनु भएको छ । 

दोस्रो बिजेता काठमाडौंकी सरला अहिले छुट्टिमा नेपाल गएकाले उहाँ युएई फर्किएपछि प्रदान गरिने एक्सचेन्जका नेपाल बजार प्रमुख प्रसार्इंले उज्यालोलाई जानकारी दिनुभयो । 

युएई एक्सचेन्जको यो योजना अन्तर्गत हरेक दिन २५ सय डलर ,साप्ताहिक ५ हजार डलर र मेघा पुरस्कार अन्तर्गत १ लाख डलरको पुरस्कार राखिएको छ । यो योजना जुन १६ सम्म चल्ने छ ।
 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया