दाङमा गर्मीका कारण विद्यालय बन्द

 जेठ २६, २०८० शुक्रबार ७:२०:१६ | हेमराज शर्मा
unn.prixa.net

साङ्केतिक तस्बिर

दाङ - दाङमा गर्मीका कारण विद्यालय बन्द गरिएको छ । घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, राप्ती र गढवा गाउँपालिकामा विद्यालय बन्द गरिएकाे हाे ।  

तुलसीपुर क्षेत्रका सामुदायिक तथा संस्थागत विद्यालयमा आजदेखि जेठ ३० गतेसम्म गर्मी बिदा दिइएकाे छ ।

गर्मीका कारण पठनपाठनमा समस्या हुनुका साथै विद्यार्थीको स्वास्थ्यमा समेत प्रतिकूल असर पर्ने भएकाले आजदेखि जेठ ३० गतेसम्म विद्यालयहरूमा गर्मी बिदा दिइएको हो ।

तुलसीपुर शिक्षा समितिले सामुदायिक र संस्थागत विद्यालयलाई तोकिएको मितिसम्म विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ ।

घोराही क्षेत्रमा भने घोराही नगर प्याब्सनले आजदेखि जेठ ३१ गतेसम्म संस्थागत विद्यालयमा गर्मी बिदा गरेको छ । घोराही नगर प्याब्सनले एक विज्ञप्ति जारी गरी जेठ ३१ गतेसम्म विद्यालयमा पठनपाठन स्थगित गरेको जानकारी दिएको हाे।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया