बजारीकरणकाे अभावमा बिरुवा बिक्री गर्न समस्या

 जेठ २६, २०८० शुक्रबार २०:३०:५८ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गुल्मीमा बजारीकरणको अभावमा नर्सरीमा उत्पादित बिरुवा बिक्री गर्नका लागि समस्या देखिएको छ । जिल्लाभित्र उत्पादित बिरुवा प्रशस्त हुँदा हुँदै पनि बाहिरी जिल्लाबाट बिरुवा भित्रिने गरेका कारण आफूहरू समस्यामा परेकाे किसानले गुनासाे गरेका छन् ।

गुल्मीको रेसुङ्गा नगरपालिका–९ का वीरबहादुर कार्कीले सुन्तला, कागती, टिमुर, अनार, किबी, चियापत्ती, अम्बा, कुरिलो र धुपीलगायत दर्जनौँ प्रजातिका बिरुवा उत्पादन गर्दै आउनुभएकाे छ । तर उहाँले उत्पादन गरेका बिरुवा भने सन्तोषजनकरूपमा बिक्री हुन सकेका छैनन् । कार्कीले १६ वर्षदेखि तम्घासमा रेसुङ्गा मदाने जडीबुटी तथा कृषि उत्पादन प्रशोधन प्रालि दर्ता गरेर बिरुवा उत्पादन गर्दै आउनुभएकाे छ ।

गुल्मीका विभिन्न कार्यालय, पालिकाले सुन्तला र कागतीलगायतका बिरुवा खरिद गरेर किसानलाई वितरण गरे पनि यी कार्यालयले बाहिरी जिल्लाबाट बिरुवा खरिद गर्दै आएका कार्कीले गुनासो गर्नुभयो । आफ्नो नर्सरीमा राम्रा बिरुवा हुँदा हुँदै पनि बाहिरी जिल्लाबाट बिरुवा ल्याएको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

बिरुवा बिक्रीबाट बर्सेनि सातदेखि १७ लाख रुपैयाँसम्म आम्दानी गर्ने कार्की यस वर्ष कतै बिरुवा बिक्री नहुने हो कि भन्ने चिन्तामा हुनुहुन्छ । कार्कीसँग अहिले कागती ४० हजार, सुन्तला ३० हजार, टिमुर १५ हजार, अनार सात हजार, कुरिलो, धुपीलगायतका बिरुवा रहेका छन् ।

२०६४ सालमा २० हजार रुपैयाँबाट सुरु गरेको कार्कीको नर्सरीको लगानी अहिले ४६ लाख रुपैयाँ पुगेको छ । कार्कीले दुई रोपनी निजी र पाँच रोपनी जग्गा लिजमा लिएर अहिले सात राेपनी जग्गामा बिरुवा उत्पादन गर्दै आउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

1 Comments

  • Durga Gurung

    June 9, 2023, 11:29 p.m.

    Contact please

  •  0 Reply

तपाईको प्रतिक्रिया