यूएईको व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ, एकाघरका सदस्य र पहिले यूएई गएकाले मात्र पाउने

 जेठ ३०, २०८० मंगलबार १५:३७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईको व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरिएको छ ।

पछिल्लो समय व्यक्तिगत श्रम स्वीकृति लिएर यूएई गएकाहरू ठगीमा पर्ने र करार अनुसारको तलब र सेवा सुविधा नपाउने समस्या बढेपछि व्यक्तिगत भिसा प्रमाणीकरणमा कडाइ गरिएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ। 

अबदेखि एकाघरका परिवारका सदस्यलाई पालिकाबाट जारी भएको नाता प्रमाणितको कागजात कन्सुलर सेवा विभागबाट प्रमाणीकरण भएको आधारमा र पहिला यूएईमा काम गरेका पूर्व श्रमिकहरुको मात्र व्यक्तिगत भिसा प्रमाणीकरण हुने दूतावासले सूचना जारी गरेको छ ।

पछिल्लो केही समययता नेपालबाट व्यक्तिगत श्रम स्वीकृति लिएर यूएई गएका नेपालीहरू विभिन्न कारणले ठगीमा परिरहेका छन् । कतिपयले करार सम्झौता अनुसारको तलब र सेवा सुविधा नपाउने गरेको गुनासो पनि दूतावासमा आइरहेको छ । 

यस्ता गुनासोहरू बढ्न थालेपछि व्यक्तिगत भिसा प्रमाणीकरणलाई दूतावासले व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन लागेको जनाएको छ । गएको वैशाखमा मात्रै दूतावासले ४०६ वटा व्यक्तिगत भिसा प्रमाणीकरण गरेको थियो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया