गोरखाकाे ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाकाे ज्यान गयाे

 जेठ ३२, २०८० बिहिबार ६:२२:१५ | किरण लोहनी
unn.prixa.net

गोरखा - गोरखाकाे ठानीस्वाँरामा बसको ठक्करबाट एक महिलाको ज्यान गएकाे छ । 

सिरानचोक गाऊँपालिका–३ हर्मीको ठानीस्वाँरामा बुधवार हिजाे बेलुका ग १ ख ६४६५ नम्बरकाे बसले ठक्कर दिँदा स्थानीय ६५ वर्षकी पुतली सर्किनीको घटनास्थलमै ज्यान गएकाे हाे । 

बसलाई नियन्त्रणमा लिइ र चालकलाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया