गोरखाकी क्यान्सर पीडित महिलालाई अस्पतालको आईसीयूमै पुगेर नागरिकता

 असार ३, २०८० आइतबार १३:४५:४३ | किरण लोहनी
unn.prixa.net

फाइल तस्बिर

गोरखा - जिल्ला प्रशासन कार्यालय गोरखाले क्यान्सर पीडित एक महिलालाई अस्पतालकाे आईसीयूमै  पुगेर नागरिकता प्रदान गरेकाे छ।

काठमाण्डाैको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जकाे सघन उपचार कक्षमा उपचाररत पालुङटार नगरपालिका-७ की रविना दराईलाई शनिवार हिजाे नागरिकता प्रदान गरिएको हो ।

'उहाँको श्रीमान् हितबहादुर दराईले प्रशासन कार्यालयमा आवश्यक सबै कागजपत्र पेस गर्नुभएको थियो, त्यही आधारमा हामीले असार १ गते नागरिकता प्रिन्ट गर्‍यौँ' प्रशासन कार्यालयका प्रशासकीय अधिकृत चुडानिधि तिवारीले भन्नुभयो,'नागरिकता प्राप्त गर्नेको औँठाछाप लिएर प्रमाणपत्र दिन हामी शनिवार हिजाे अस्पताल पुगेका हौँ।'

नागरिकता प्राप्त भएपछि क्यान्सरपीडित बिरामीले राज्यबाट पाउने उपचार सहुलियत र अन्य सुविधा प्राप्त गर्न सजिलो भएको प्रशासन कार्यालयले जनाएको छ । प्रशासनले अपाङ्गता भएकाहरूलाई पनि घरमै पुगेर नागरिकता उपलब्ध गराउँदै आएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया