स्कटल्याण्डले यूएईलाई १ सय ११ रनले हरायो, यूएई सुपर सिक्समा नपुग्ने पक्का

 असार ८, २०८० शुक्रबार १९:५१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डाै - आईसीसी एकदिवसीय विश्वकप क्रिकेट छनोटमा स्कटल्याण्डले यूएईलाई हराएको  छ । जिम्बावेमा भएको खेलमा स्कटल्याण्डले यूएईलाई १ सय ११ रनले हरायो । स्कटल्याण्डले दिएको २ सय ८३ रनको लक्ष्य पछ्याएको यूएईले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय ७१ रन मात्रै बनाउन सक्यो ।

यूएईका बासिल अहमदले सर्वाधिक ३० रन बनाए । स्कटल्याण्डका सफयान शरिफले चार र क्रिस सोलले तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको स्कटल्याण्डका लागि रेची बेरिङ्टनले १ सय २७ रन बनाएका थिए । लगातार दोस्रो जितसँगै स्कटल्याण्ड समूह 'बी' को दोस्रो स्थानमा पुगेको छ । लगातार तेस्रो हारसँगै यूएई सुपर सिक्सको दौडबाट बाहिरिएको छ ।

यस्तै, समूहको अर्को खेलमा आज श्रीलङ्काले ओमानलाई हराएको छ । लगातार दोस्रो जितसँगै श्रीलङ्का ४ अङ्ककासाथ समूह 'बी' को शीर्ष स्थानमा पुगेको छ । तीन खेलमा ४ अङ्क भएको ओमान तेस्रो स्थानमा छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया