गोरखामा लाखौँ रुपैयाँमा किनबेच हुन लागेको ‘टल्कने’ ढुङ्गा प्रहरीले बरामद गर्‍याे

 असार १४, २०८० बिहिबार २०:३०:४९ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखा नगरपालिका–७ सतिपिपलबाट टल्कने ढुङ्गा प्रहरीले बरामद गरेको छ । लाखौँ रुपैयाँमा खरिद बिक्रीका लागि मोलमोलाइ भइरहेको भन्ने सूचनाका आधारमा ढुङ्गा राखिएको घरमा बिहीवार बिहान छापा मारेर बरामद गरिएको गाेरखाका प्रहरी उपरीक्षक (एसपी) अनुपम श्रेष्ठले बताउनुभयो । सतिपिपलका एक व्यक्तिले घरको पूजाकोठामा राखेको ५४ केजी तौलको टल्कने ढुङ्गा बरामद गरिएको उहाँले जानकारी दिनुभयो । 

‘ढुङ्गा पारदर्शी छ, बत्ती बाल्दा टल्किन्छ, अँध्यारोमा पनि चमकदार देखिन्छ भन्ने सूचना पाएका थियौँ’, एसपी श्रेष्ठले भन्नुभयो, ‘मोलमोलाइका लागि बाहिरबाट मान्छेहरू आउने जाने क्रम बढेपछि हामीले बरामद गरेका हौँ ।’ घरधनीले पुस्तौँदेखि आफ्नो घरमा याे ढुङ्गा रहेको बताएका छन् । 

पछिल्लो पटक याे ढुङ्गा खरिदका लागि दुई जना व्यक्तिले मोलमोलाइ गरिरहेका थिए । प्रहरीले उनीहरूलाई पनि जिल्ला प्रहरी कार्यालयमा बोलाएर सोधपुछ गरेको छ । खरिद गर्न चाहने समूहले ढुङ्गाकाे २० लाख रुपैयाँ तिर्न तयार रहेको बताएका छन् । उनीहरूका अनुसार याे ढुङ्गा क्वार्ज प्रजातिको हो र विदेशमा गरगहना बनाउनका लागि प्रयोग हुने गरेको छ । सुदुरपश्चिम खनिज प्रालिका नाममा आधिकारिक फर्म नै दर्ता गरेर यस्ता खानीजन्य पदार्थको कारोबार गर्दै आएको उनीहरूको भनाइ रहेको एसपी श्रेष्ठले बताउनुभयो ।

बरामद गरिएको ढुङ्गा विज्ञहरूबाट नापजाँच गर्ने र पुरातात्त्विक महत्त्वको हो भन्ने पाइएमा गोरखा सङ्ग्रहालय वा अन्य उपयुक्त ठाउँमा सुरक्षित राख्नेबारे सल्लाह भइरहेको श्रेष्ठले बताउनुभयो । ढुङ्गाधनीले भने आफूहरूले पुस्तौँदेखि पूजा गर्दै आएकाले फिर्ता पाउनुपर्ने माग राखेका छन् ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

3 Comments

  • Sabita

    July 1, 2023, 6:25 a.m.

    Tyo dhunga ghar Dhani ly nai paunu parxa usai ko ho ni yesari sarkar ly ni kabja garnu mildaina sarkar ly tyo dhunga chahanxa ra sangralaye ma rakhna khojxa vane ghar Dhani lai tesko moltol gayer paisa dinu paryo usko ichya biparik kasai ko sampatti hadapnu ta vayena ni janata lai dukha dina ni kati sakeko

  •  0 Reply
  • Shunil kant Pun magar

    June 30, 2023, 4:11 p.m.

    ढुङ्गा धनी को माग लाई पनि सरकार को ध्यान जाओस वर्षौं देखि राखिएको कुनै पनि वस्तुको मूल्य तोक्नु गारो हुन्छ तर पनि,यस्ता कुनै पनि समान को उक्त धनी लाई मिल्नु पर्छ।

  •  0 Reply
  • जस बहादुर राई

    June 30, 2023, 3:32 a.m.

    यस्तो ढुंगा धेरै ठाउँमा भेटिन्छ तर सदुपयोग हुदैन । यो पनि कसले कुन दिन कुन प्वालमा ग्वाम्म पारेर खाईदिन्छ । नेपाल प्रहरी अलि चनाखो र चार कौडिमा बिक्नु छोड्नुपर्छ । नेताको आड भरोसमा बस्ने बानी त्याग्नुपर्छ । होइन भने यस्तो काम त दिनानुदिन भईरह्छ मलाई अचम्म लाग्छ कहिले त्यही प्रहरी साना साना कुराको निगरानी राख्दछ वाह नेपाल प्रहरी मेरो साथी लाग्छ कुनै बेला फेरी ३३ किलो सुन पनि देख्दैन ताजुव लाग्छ हौ ।

  •  2 Reply

तपाईको प्रतिक्रिया