देशभर असार १५ को रमझम : शीर्ष नेतादेखि विद्यार्थीसम्म धान रोपाइँमा (फोटो फिचर)

 असार १५, २०८० शुक्रबार १३:२०:४ | उज्यालो सहकर्मी
unn.prixa.net

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली धान दिवसका अवसरमा चितवनकाे भरतपुरमा धान राेप्दै ।

काठमाण्डाै - असार १५ को अवसरमा ठाउँठाउँमा रोपाइँ महोत्सव भइरहेको छ ।

किसान मात्रै होइनन्, राजनीतिक दलका शीर्ष नेता, मन्त्री, कार्यकर्ता, कर्मचारीदेखि विद्यार्थीसम्म रोपाइँको रमझममा जुटेका छन् । पश्चिमका धेरै ठाउँमा पानी नपरेर रोपाइँ हुन नसके पनि पानी परेका ठाउँमा हर्षोल्लासकासाथ रोपाइँ भइरहेको छ । 

देशका विभिन्न ठाउँमा भएका रोपाइँ महोत्सवका केही तस्बिरहरु :

दाङकाे लमही नगरपालिका–६ मध्यनगरमा धान रोप्न हिङ्गाले हिलो सम्याउँदै कृषक । गोरु नहुनेहरू धान रोप्न आफैँले हिङ्गा तानेर खेत सम्याउने गर्छन् ।

घोराही–१७ डबरीमा रहेकाे गुठी खेतमा धान रोप्दै लुम्बिनी प्रदेश सदस्य सीता चौधरी, घोराही उपमहानगरपालिकाका उपमेयर हुमा डिसीलगायत किसान । 

भरतपुर महानगरपालिकाको कृषि तथा पशुपक्षी व्यवसाय प्रवर्द्धन शाखाले आयोजना गरेको रोपाइँ कार्यक्रममा मेसिनबाट धान रोप्दै भरतपुर महानगरपालिकाका मेयर रेनु दाहाल । 

सङ्खुवासभाको खाँदबारी नगरपालिका-३ मा रहेकाे महेन्द्र माध्यमिक विद्यालय मानेभञ्याङले आयोजना गरेको धान दिवसमा धान रोप्दै कृषि क्याम्पसका विद्यार्थी 

राष्ट्रिय कृषि अनुसन्धान परिषद्ले खुमलटारमा आयाेजना गरेकाे २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०८० मा मेसिनमार्फत् धान राेप्दै कृषिमन्त्री डा.वेदुराम भुसाल

तस्बिर : रासस र सामाजिक सञ्जाल

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया