यूएईको सडकमा रातो बत्तीको नियम पालना नगरे झण्डै १८ लाख रुपैयाँ जरिबाना

 असार २१, २०८० बिहिबार १२:२०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – यूएईमा हेभी ड्युटी ट्रक चालकले रातो बत्तीको नियम पालना नगरेमा ५० हजार दिर्हाम अर्थात् झण्डै १८ लाख रुपैयाँ जरिबाना र डिपोर्ट हुने भएको छ ।

यूएईले आफ्नो ट्राफिक नियमको विभिन्न बुँदा संशोधन गर्दै गैर इमिरेटी नागरिक (विदेशी नागरिक)ले हेभी ड्युटी ट्रक चलाउँदा रातो बत्तीको नियम उलङ्घन गरेमा ५० हजार दिर्हाम अर्थात् १७ लाख ९५ हजार ३६० रुपैयाँ जरिवानासहित डिपोर्ट गर्ने प्रावधान ल्याएको हो ।

यस्तै लापरबाहीका साथ सवारी चलाएमा, अरूलाई जोखिममा पारेमा वा प्रहरी देखेर भाग्ने कोसिस गरेमा त्यस्तो सवारीलाई सिजसमेत गर्न सक्ने छ ।

यसका साथै यदि कसैले गति नियन्त्रणका लागि सवारीको जानाजान मोडिफाइ गरेमा, नम्बर प्लेट बिना चलाएमा वा ठुलो आवाजसहित चलाएमा पनि कारबाही हुने छ । 

सडक सुरक्षाका साथै सडकमा हुने सवारी दुर्घटना काम गर्नका लागि यस्तो नियम ल्याएको दुबई प्रहरीले उल्लेख गरेको छ । यो नियमले सडक सुरक्षाको वातावरण सुनिश्चित गर्ने दुबई प्रहरीले विश्वास लिएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया