डोटीमा घर भत्किँदा एक महिलाकाे ज्यान गयाे

 असार २३, २०८० शनिबार १०:१६:६ | विमल बिष्ट
unn.prixa.net

डाेटी – डोटीमा घरभित्र च्यापिएर एक महिलाको ज्यान गएको छ ।  जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार ज्यान गुमाउनेमा दिपायल सिलगढी नगरपालिका–५ गैरा बस्ने शंकर मलासीकी श्रीमती ३० वर्षीया गंगा मलासी रहेकी छन् ।

आज बिहान करिब ३ बजेको समयमा एक तले घरको बल्लीहरु भाँचिएर घर भत्किँदा मलासीको च्यापिएर ज्यान गएको हो । घटनाबारे जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय डोटीबाट प्रहरी नायव निरीक्षक आनसिंह धामीको कमाण्डमा १० जनाको टोली घटनास्थल पुगेको थियो । प्रहरी र स्थानीयको सहयोगमा बिहान करिब पाँच बजे मलासीलाई मृत अवस्थामा फेला पारेको थियो । 

घटनाको विस्तृत अनुसन्धानका लागि अहिले प्रहरी निरीक्षक लक्ष्मीराज जोशीको कमाण्डमा ६ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया