अरिङ्गालले चिलेर गुल्मीको मुसिकोटमा एक युवकको ज्यान गयो

 साउन ३०, २०८० मंगलबार ११:६:३६ | जनार्दन घिमिरे
unn.prixa.net

फाइल तस्बिर

गुल्मी - अरिङ्गालले चिलेर गुल्मीको मुसिकोट नगरपालिका–४ कालाढुङ्गाका २१ वर्षका शैलेष सिं ठकुरीको ज्यान गएको छ ।

हिजो बेलुका ६ बजे साथीसँगै स्थानीय देविस्थान सामुदायिक वनमा सल्लाको रुखमा रहेको अरिङ्गालको गोलो पोल्ने क्रममा रुख चढ्दै गर्दा ठकुरीलाई अरिङ्गालले चिलेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नविनकिशोर प्रधानने जानकारी दिनुभयो ।

अरिङ्गालले चिलेपछि ठकुरी घर पुगेर परिवारसँगै खाना खाएर सुतेका थिए । भाइले अरिङ्गालले चिलेको जानकारी नगराएको र बिहान मात्रै पेट पोल्यो भनेपछि उपचारका लागि जिल्ला अस्पताल तम्घास लैजानेक्रममा बाटोमा नै ज्यान गएको दाजु कैलाश सिं ठकुरीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया