दर्ता, नवीकरण नभएका गोरखाका क्रसर र बालुवा प्रशोधन उद्योग बन्द हुने

 साउन ३१, २०८० बुधबार २०:१६:१ | किरण लोहनी
unn.prixa.net

फाइल तस्बिर

गाेरखा – दर्ता, नवीकरण नभएका गोरखाका क्रसर र बालुवा प्रशोधन उद्योगहरू बन्द हुने भएका छन् । 

ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी जिल्ला अनुगमन समितिको आज बुधवार बसेको बैठकले गएको असार मसान्तसम्म दर्ता वा नवीकरण नभएका सबै उद्योगहरू बन्द गर्ने निर्णय गरेको हो । समितिले पालिकाहरूमा सञ्चालनमा रहेका क्रसर तथा बालुवा प्रशोधन उद्योगहरू नवीकरण भए/नभएकोबारे पर्यटन तथा उद्योग कार्यालयबाट विवरण मागेको थियो । कार्यालयले गएको असार मसान्तसम्म जिल्लाभित्रका कुनै पनि क्रसर तथा बालुवा प्रशोधन उद्योग नवीकरण नभएको जानकारी गराएको जिल्ला समन्वय समितिका सूचना अधिकारी सुकदेव नेपालीले बताउनुभयो । 

जिल्ला अनुगमन समितिमा यसबारे छलफल गर्दा नवीकरण नभएका उद्योगहरू बन्द गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । पालिकाहरूले क्रसर र बालुवा प्रशोधन उद्योगको स्वीकृति दिँदा कार्ययोजना अनिवार्यरूपमा पेस गर्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

जिल्ला अनुगमन समितिको बैठकले नियमअनुसार सञ्चालनमा रहेका क्रसर र बालुवा प्रशोधन उद्योगहरूलाई ढुङ्गा, गिटी, बालुवा बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७ अनुसार कच्चा पदार्थ सङ्कलनको स्रोतसहितको विवरण भदौ मसान्तभित्र बुझाउन पनि निर्देशन गरेको छ । ढुङ्गा, गिटी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी जिल्ला अनुगमन समितिले पन्थडिही कटहरे हर्मी सडक योजना सञ्चालनार्थ अस्थायी क्रसर सञ्चालन गर्न अनुमति दिने पनि निर्णय गरेको जिल्ला समन्वय समितिका सूचना अधिकारी नेपालीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया