डडेल्धुरामा जीप दुर्घटना : एक जनाको मृत्यु, ८ जना घाइते

 कात्तिक १४, २०७५ बुधबार २०:३३:३८ | तपेन्द्र बिष्ट
unn.prixa.net

प्रतिकात्मक तस्बिर

डडेल्धुरा –गन्यापधुरा गाउँपालिका–२, मैलोडाको मोडमा बुधबार बेलुकी जीस्प दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि चालकसहित ८ जना घाइते भएका छन ।

मुत्यु हुनेमा गन्यापधुरा गाउँपालिका २ की ४३ वर्षीय कुमारी देउवा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । जिल्ला सदरमुकाम डडेल्धुराबाट गन्यापधुराका लागि छुटेको म १ ज ३११ नम्बरको बोलेरो जीप बेलुकी सवा ५ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक डम्बर बहादुर केसीले जानकारी दिनुभयो ।

घाइते सबैको उप–क्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको छ । गाडी चालकले मदिरा सेवन गरेका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको भए पनि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपेन्द्र बिष्ट

डढेलधुराका उज्यालो सहकर्मी तपेन्द्र विष्ट रेडियो अमरगढीमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया