शुल्क र गुणस्तरमा ग्राहक ठग्नेहरू टेरामोक्सको विरोधमा छन्, लागू गरेरै छाड्छाैँ

 भदौ ११, २०८० सोमबार २०:०:९ | पुरुषाेत्तम खनाल
unn.prixa.net

दूरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामोक्स) भनेको दूरसञ्चार नेटवर्कको मनिटरिङ गर्ने एक प्रणाली हो । ग्राहकलाई उपलब्ध गराएको सेवाको गुणस्तर परीक्षण गर्ने, ग्राहकलाई लगाइएको रकमको यकिन गर्ने र विदेशबाट आएको वा स्वदेशको नेटवर्कमा आएका कलहरूको सेवा प्रदायकले राखेको आय ठिक छ कि छैन भनेर परीक्षण गर्ने, निगरानी गर्ने उपकरण र प्रविधिलाई टेरामोक्स भनेर बुझ्न सक्छौँ ।

टेरामोक्सलाई कल रेकर्डिङ हुने, कल ट्यापिङ हुने भनेर गलत तरिकाले, गलत मनसायले व्याख्या गरिएको हो । जबरजस्ती यो प्रणालीमा हुँदै नभएको कुराहरू झिकेर दुष्प्रचार गरिएको छ । कल रेकर्ड हुँदैन भनेर हामीले श्वेतपत्र जारी गरिसकेका छौँ तर पनि दुष्प्रचार भइरहेको छ । 

टेरामोक्सलाई कल रेकर्डिङ हुने, कल ट्यापिङ हुने भनेर गलत तरिकाले, गलत मनसायले व्याख्या गरिएको हो । जबरजस्ती यो प्रणालीमा हुँदै नभएको कुराहरू झिकेर दुष्प्रचार गरिएको छ । कल रेकर्ड हुँदैन भनेर हामीले श्वेतपत्र जारी गरिसकेका छौँ तर पनि दुष्प्रचार भइरहेको छ । टेलिकम प्रणालीभित्र धेरै सुविधाहरू हुन्छ । टेरामोक्समा हामी व्यक्तिका एसएमएस पढ्दैनौँ, नागरिकका स्वर सुन्दैनौँ । सीडीआर अर्थात् कल डिटेल रेकर्डमा मुख्य कल कहाँबाट आयो र टर्मिनेट भयो, कति सेकेन्डमा कल लाग्यो, कल ड्रप भयो कि भएन, कलमा नियमअनुसार कति पैसा लगाउनुपर्थ्याे, कति लाग्यो र कुन गुणस्तरको डाटा प्रवाह भइरहेको छ भनेर मात्रै जाँच्ने हो ।

सेवाग्राहीले रुख चढेर फोन गर्नुपरेको छ कि सजिलै जमिनमा बसेर गर्न पाएका छन् भनेर पनि निगरानी गर्ने हो । हामीले सेवा प्रदायकलाई सेवा दिनका लागि जुन सर्तहरू तोकेका छौँ त्यो म्यानुएल्ली हेर्न मिल्दैन, टेरामोक्सले कम्युटरीकृत र स्वचालित रूपमा दिने सेवा भएको हुँदा स्वचालित रूपमा नै हेर्न मिल्ने गरी ल्याएको प्रणाली हो । यसलाई अहिले केबल अतिरञ्जित गरिएको मात्रै हो ।
नेपाल सरकारको अहिलेको नीति भनेको डिजिटल ट्रान्सफर्मेसन हो । अब नगद चलाउने नभइ नगदरहित कारोबार गर्ने हो भनेर सबै सेवाहरू कम्प्युटरमा आधारित प्रदान गर्न खोजिरहेका छौँ । त्यस कारण सेवा प्रदायकले प्रदान गरेका सेवाहरू अनुमतिपत्र बमोजिम छ कि छैन, कानुन बमोजिम छ कि छैन, गलत मनसायले केही काम भएको छ कि छैन भनेर हेर्ने हो । अथवा असल मनसायले गर्दागर्दै पनि त्रुटि भएको छ कि छैन भन्ने कुराहरू यसमा आउँछन् ।

राजस्व यकिन गर्न र सेवाग्राहीलाई ठगिनबाट रोक्न टेरामोक्स

नियामक निकायले हाम्रो क्षेत्रबाट आएको राजस्व यति हो भनेर भन्नुपर्छ । राजस्व अब कोही लेखापरीक्षकले हस्ताक्षर गरेको भरमा पत्याउनयोग्य हुँदैन । बिलिङ कम वा बढी गरेको छ कि वा राजस्व नै अन्त पठाइरहेको छ कि भन्ने हेर्नुपर्छ, यिनै कुरालाई डिजिटल रूपमा सजिलै हेर्न मिलोस् भनेर टेरामोक्स ल्याइएको हो । यो क्षेत्रमा गएको पाँच वर्षदेखि ३० अर्ब रुपैयाँको राजस्व कमी देखिएको छ । त्यो कमीको कारण पत्ता लगाउनु पनि नियामक निकायको काम हो । नीतिगत रूपमा हस्तक्षेप गरेर राजस्व बढ्छ कि वा सेवा प्रदायकलाई केही सुविधा दिएर बढ्छ कि वा बदमासी भएको भए कारबाही गरेर बढ्छ कि भनेर पनि यो प्रविधि ल्याउन खोजिएको हो ।

धेरै सेवाग्राहीले भर्खर पैसा हालेको तर कुरै नगरि सकियो भनेर गुनासो गर्नुहुन्छ । पैसा हाल्नेबित्तिकै सकियो, पाँच मिनेट कुरा गर्नेबित्तिकै ४० रुपैयाँ सकियो भन्छ भन्ने धेरै गुनासो छ ।

अर्को कुरा, धेरै सेवाग्राहीले भर्खर पैसा हालेको तर कुरै नगरि सकियो भनेर गुनासो गर्नुहुन्छ । पैसा हाल्नेबित्तिकै सकियो, पाँच मिनेट कुरा गर्नेबित्तिकै ४० रुपैयाँ सकियो भन्छ भन्ने धेरै गुनासो छ । यदि नेपाल टेलिकम, एनसेल, स्मार्ट लगायतका सेवा प्रदायकले न्याय दिएको भए सेवाग्राहीको उजुरी हामीकहाँ पक्कै आउँदैन थियो । यो उजुरीलाई सम्बोधन गर्न पनि टेरामोक्स चाहिएको हो । अब सेवाग्राहीले उजुरी दिएर मात्रै होइन उजुरी नदिँदा पनि टेरामोक्सको सहायताले स्वचालित रूपमा सेवा प्रदायकका बदमासी पत्ता लगाउन सक्छौँ ।

सेवाग्राहीलाई स्वतः नवीकरण अर्थात् अटो रिन्यु हुने प्रणाली सेवा प्रदायकले राखिदिएको छ कि वा स्कीकृत दररेट भन्दा बढी चार्ज भएर त्यस्तो भएको हो कि अथवा सेवाग्राहीकै कारण त्यस्तो भएको हो लगायतका कुरामा सही तथ्य ल्याउन र सेवाग्राहीको हितका लागि पनि टेरामोक्स ल्याउन लागिएको हो । यस्तै भीओआईपी कल बाइपास भएर सरकारको धेरै राजस्व गुमेको छ । कल बाइपास सेवा प्रदायक र हामी दुवैको टाउको दुखाइको विषय भएको छ । यसबाट आपराधिक गतिविधि पनि भइरहेका छन् । यसलाई रोक्न पनि टेरामोक्स नै चाहिएको हो ।

अहिले टेलिकम कम्पनीहरूको आम्दानी ३० अर्ब रुपैयाँभन्दा कम भएको छ । तर सिम कार्डको बिक्री बढेको बढ्यै छ । कल गर्ने अवधि विस्तार भएको छ । सेवाग्राहीले मोबाइल प्रयोग गरेको गर्यै छन् तर आम्दानी भने घटेको घट्यै छ । बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, इन्डोनेसिया कहीँ पनि टेलिकमको आम्दानी घटेको छैन । अनि हाम्रोमा मात्र घट्नुको कारण के हो ? यो सरकारले पत्ता लगाउनु पर्दैन ? यो उहाँहरूकै सहयोगका लागि हो । टेरामोक्स भनेको सेवा प्रदायकका केही कमी कमजोरी रहेछन् भने सुधार गर्नका लागि हो । तर गल्ती गरेको भए कारबाही गर्नका लागि पनि हो । अपरेटरले किन कम आम्दानी गर्यो ? उसको आम्दानी बढ्न सक्थ्यो भने किन बढेन ? भन्ने हाम्रो प्रश्न हो । यही प्रश्नको जवाफ खोज्न पनि टेरामोक्स ल्याउन थालिएको हो ।

काठमाण्डौका गल्लीमा नेटवर्क टिप्दैन, सेवा प्रदायकले ठूला कुरा गर्छन्

टेरामोक्सले सेवा प्रदायकले दिएको नेटवर्कको बारेमा पनि सत्य–तथ्य जानकारी दिन्छ । उनीहरूले पैसा लिएर हामीलाई डाटाको सुविधा दिन्छन् तर काठमाण्डौको गल्लीमा जाँदा 'फोर जी' को सिग्नल पाइँदैन । नेपालका नागरिकले जहाँ, जुनसुकै ठाउँमा भए पनि फोन गर्न पाउनुपर्छ भनेर सर्त तोकिएको छ । त्यस किसिमको पुँजी लगानी गर्छु, प्रविधि विस्तार गर्छु भनेर उनीहरूले अनुमति लिएका हुन् । तर अनुमति लिँदा जुन सर्त पूरा गर्छु भनेका थिए त्यो उनीहरूले पूरा गरेका छैनन् । नेटवर्कसँग सम्बन्धित सबै समस्याको समाधान अब पनि कर्मचारी हिँडाएर, पूर्व–पश्चिम गएर हेरेर सम्भव छैन । त्यस कारण उपभोक्तालाई आश्वस्त गर्न र सेवा प्रदायकलाई जिम्मेवार बनाउन यो प्रणाली ल्याइएको हो । मैले माथि भनेका सबै विकृति टेरामोक्सकै अभावमा भएका त होइनन् तर स्वचालित रूपमा निगरानी गर्ने प्रबन्ध नगरेका कारण देखिएका विकृति हुन् ।

सबै कुरा सामान्य भएको अवस्थामा किन गुणस्तर भएन भन्ने चाहिँ प्रश्न हो । अब हरेक नागरिकका एक/एक गुनासा लिएर हेर्न सकिँदैन, यस कारण यसलाई एउटा प्रणाली नै जडान गरेर, के रहेछ हेरौँ भनेर

पहिले तीन पटक फोन गर्दा दुई पटक फोन लाग्नेबित्तिकै काटिने अनि हलो हलो भन्दाभन्दै काटिएकोमा पनि पैसा लिएकोमा अब त्यसो गर्न पाइएन ।

टेरामोक्स प्रविधि ल्याउन खोजेका हौँ । पहिले तीन पटक फोन गर्दा दुई पटक फोन लाग्नेबित्तिकै काटिने अनि हलो हलो भन्दाभन्दै काटिएकोमा पनि पैसा लिएकोमा अब त्यसो गर्न पाइएन । सेवा प्रदायकले कमजोरी गरेका छैनन् भने टेरामोक्ससँग किन डराएका हुन् ? नियामकले हाम्रो सेवा परीक्षण गर्दा हुन्छ, नियामकले तोकेभन्दा बढी शुल्क लिएका छैनौँ, गुणस्तर पनि तोके बमोजिम दिएका छौँ, अन्डर बिलिङ र ओभर बिलिङ पनि छैन भनेर कुनै सेवा प्रदायकले भनेको आजसम्म सुनिएको छ त ?

यसको प्राविधिक पक्षमा दुई पक्ष बसेर छलफल नै नगरि सतही रूपमा अस्वीकार गर्नु भनेको गलत हो । यसमा दुई वटा पक्ष छन् । साँच्चै उनीहरूलाई मर्का परेको भए अदालत पनि जान सक्छन् । तर उनीहरू अदालत त गएका छैनन् । किनकि अदालत जाँदा हारिन्छ भन्ने उनीहरूलाई थाहा छ । दूरसञ्चार ऐनको दफा १७ ले प्राधिकरणलाई यो अधिकार दिएको छ । यस कारण नागरिकको अधिकार र सरकारको अधिकारलाई अहिले सेवा प्रदायकले जसरी अनदेखा गरिरहेका छन् यो हिसाबले सेवा प्रदायकका जिम्मेवार पदाधिकारीहरू कठघरामा उभिनुपर्ने अवस्था चाहिँ आउँछ ।

बदमासी गर्न नपाउने झोँकमा सेवा प्रदायकले नै हल्ला फैलाए

टेरामोक्सका विरुद्ध अफवाह फैलाउनेहरू पनि एक प्रकारका ह्याकर हुन् । अहिलेसम्म गर्दै आएको बदमासी र ठगी अब रोकिने भयो भनेर नियोजित रूपमा हल्ला फैलाइरहेका छन् ।  टोरामोक्सका बारेमा हामीले उचित तवरले राष्ट्रिय माध्यमबाट अनलाइन, पत्रपत्रिकामा प्रेस विज्ञप्ति जारी गरेका छौँ, वेबसाइटमा राखेका छौँ । हामीले यसका बारेमा नागरिकलाई आश्वस्त गर्न भनेका छौँ । तर पनि सेवा प्रदायक र उनीहरूबाट सञ्चालित केही व्यक्ति तथा सञ्चार संस्थाले अफवाह फैलाइरहेका छन् ।

नियामक निकायले उपभोक्ताको हितमा काम गर्न लागेको हो, यसमा फोन ट्यापिङ हुँदैन, हामीलाई फोन ट्यापिङ गर्ने अधिकार नै छैन । कानुनले नदिएको अधिकार हामी कसरी प्रयोग गर्न सक्छौँ र ?

उनीहरूले किन र के का लागि अफवाह फैलाए भनेर बुझिएन भने यसबाट नागरिकलाई नै घाटा हुने हो । नियामक निकायले उपभोक्ताको हितमा काम गर्न लागेको हो, यसमा फोन ट्यापिङ हुँदैन, हामीलाई फोन ट्यापिङ गर्ने अधिकार नै छैन । कानुनले नदिएको अधिकार हामी कसरी प्रयोग गर्न सक्छौँ र ? कम गुणस्तरको सेवा दिएर बढी शुल्क लगाउने, कल ड्रप गरिरहेको छ, कम बिलिङ गरेर सरकारलाइ आउने राजस्व कम गरिरहेको छ भने यस्ता सेवा प्रदायकहरू स्वार्थ समूह हुन सक्छन् । आफ्नो वास्तविकता बाहिर आउने भयो भनेर पनि यस्तो अफवाह फैलाइएको हुन सक्छ । टेरामोक्सविरुद्ध हल्ला फैलाएका सेवा प्रदायकले अहिलेसम्म कहाँ र कसरी कल रेकर्ड हुन्छ भनेर प्रमाण दिन सकेका छैनन् । यो प्रणालीमा कहाँ कमजोरी रहेछ, कसरी फोन ट्यापिङ हुँदो रहेछ हेरौँ न भनेर हामीले गरेको आग्रहबाट उनीहरू भागिरहेका छन् । यसमा यो सिस्टम ट्यापिङ छ, यो कारणले एसएमएस पढ्न सकिन्छ भनेर कसैले परीक्षण गर्ने आँट गरेका छैनन् । उनीहरू हामीसँग बसेर छलफल गर्नुको साटो झुटा कुरा फैलाउन व्यस्त छन् । 

यो सबै कुराको सामना नै नगरि मिडियामा गएर ट्यापिङ छ र प्रेस स्वतन्त्रताको कुरा छ भनेर हल्ला फैलाएर हुँदैन । उनीहरूले नागरिकको डाटा सुरक्षित राखेका छन् कि छैनन् भनेर हेर्ने काम त नियामक निकाय अर्थात् दूरसञ्चार प्राधिकरण होला नि । उनीहरूले नागरिकको डाटा सुरक्षित राखेका छन् कि छैनन् भनेर कसले हेर्छ त अब ? अब त्यो पनि हेर्न नदिने हो त ?  अर्को अचम्मको कुरा, यस्तै प्रणालीबाट विभिन्न सूचना थाहा पाउन सेवा प्रदायकले विदेशी कम्पनीलाई अनुमति दिन्छन् तर हामीलाई नदिनुको कारण के हो ? कुरा गम्भीर छैन र ?

प्रधानमन्त्री सकारात्मक हुनुहुन्छ, उहाँलाई बुझाउँछौँ र टेरामोक्स लागू हुन्छ

कसैले प्रधानमन्त्रीलाई भेटेर टेरामोक्सले त कल ट्यापिङ गर्छ, नागरिकको मौलिक हक विपरीत छ भनेर भन्दिएपछि उहाँले यस्तो कुरा स्वीकार्य हुँदैन भन्नु स्वाभाविक हो । प्रधानमन्त्रीसँग भएको छलफलमा सेवा प्रदायकले टेरामोक्सले नागरिकको फोन ट्याप गर्छ, एसएमएस रिड गर्छ, यस कारण लागू गर्नु हुन्न भनेपछि प्रधानमन्त्रीले उसो भए लागू नगर भन्नु स्वाभाविक हो । तर हामीले यसको वास्तविकता प्रधानमन्त्रीसमक्ष पुर्याएका पनि छौँ । सरकारको पनि आफ्नै अनुसन्धान पद्धति छ । गर्न नहुने कुरा भए लिखित रूपमै कुनै न कुनै माध्यमबाट बाहिर आइहाल्थ्यो नि । प्रधानमन्त्रीले दूरसञ्चार प्राधिकरणले ल्याएको टेरामोक्स प्रविधि फोन ट्याप गर्न र एसएमएस रिड गर्न ल्याएको गलत प्रविधि हो, यस कारण लागू गर्नु हुँदैन भनेर भन्नु भएको छैन ।

नागरिकको डाटा असुरक्षित गर्ने काम प्राधिकरणले गर्नै सक्दैन । टेरामोक्स प्रविधिले नागरिकको डाटा दुरुपयोग हुन्छ भन्ने जुन अफवाह फैलाइएको छ, त्यसको पछि नलाग्न प्राधिकरणको आग्रह छ । सेवाग्राहीसँग सेवा प्रदायकले लिएको पैसा ठिक छ कि छैन, गुणस्तर ठिक छ कि छैन भन्ने कुरा पत्ता लगाएर सेवा प्रदायकलाई पनि जिम्मेवार, मर्यादित व्यवसाय गर्न लगाउने उद्देश्यले यो प्रविधि ल्याइएको हो । 

दूरसञ्चार सेवामा भइरहेको खतरनाक सिन्डिकेट अन्त्य गर्न जरुरी छ

अहिले हामीकहाँ टेलिफोनको क्षेत्रमा मुख्यतया दुई वटा सेवा प्रदायक छन् । प्रतिस्पर्धा नहुँदा एकाधिकार भएको हो कि भन्ने पनि छ । यस कारण प्राधिकरणको अध्ययनमा चार वटा नभए पनि तीन वटा प्रतिस्पर्धी सेवा प्रदायक चाहिन्छ भन्ने देखिएको छ । अहिले नेपाल टेलिकम र एनसेलले सेवा दिइरहेका छन् । अब तेस्रो सेवा प्रदायकका लागि हामी प्रयासरत छौँ । हाम्रोमा प्रतिस्पर्धामा कम्पनी चल्यो भने चल्यो नत्र बन्द गर्नुपर्छ भन्ने छ । अरू देशमा कम्पनी चलेन भने सरकारले त्यसको शेयर किनेर भए पनि सहयोग गर्ने चलन छ । तर हामीकहाँ भने त्यस्तो छैन । 

पहिले हामीले विगतको आवश्यकतालाई हेरेर, क्षेत्र विशेषलाई आधार मानेर सानो क्षमताका, सानो प्रविधि, सानो टिमले सञ्चालन गर्न सक्ने गरी सेवा प्रदायक भित्र्यायौँ । पछि २०६९ सालमा एकीकृत लाइसेन्समा आउँदा ती कम्पनी नै आउन सक्ने गरी बाटो खुलाइयो । तिनीहरूसँग पैसा र प्रविधि दुवै थिएन । त्यस कारण सबै कम्पनी फेल भए । गल्ती त्यहीँ भयो । त्यसलाई सुधार्न खोज्दा कसैले अदालतबाट अन्तरिम आदेश ल्याएका छन् । कसैको सम्पत्ति व्यवस्थापनका लागि मूल्याङ्कन गर्न लागिरहेका छौँ । यस्ता कारणले केही ढिला भएको हो ।

दुई कम्पनीबीचको प्रतिस्पर्धा एकात्मक प्रतिस्पर्धाभन्दा खतरनाक मानिन्छ । यस कारण तेस्रो सेवा प्रदायक ल्याउने कोसिस गरिएको छ । काम नगरि फ्रिक्वेन्सी मात्र होल्ड गरेर बस्ने कम्पनी खारेज पनि गरिएको हो

दुई कम्पनीबीचको प्रतिस्पर्धा एकात्मक प्रतिस्पर्धाभन्दा खतरनाक मानिन्छ । यस कारण तेस्रो सेवा प्रदायक ल्याउने कोसिस गरिएको छ ।

। तर कम्पनी खारेज गर्नु मात्र उपलब्धि होइन । उनीहरूलाई मर्ज गरेर एउटै कम्पनीको रूपमा ल्याउन सकेको भए हुन्थ्यो । मर्जरको कानुन बनाउन प्राधिकरणले दश वर्षदेखि कोसिस गर्दा पनि नसक्नु र कानुन बनाउने अधिकार प्राधिकरणमा नहुनु जस्ता कारणले यसमा ढिलाइ भइरहेको हो । 

(नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालसँग अर्जुन पोख्रेलले गरेको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: बैशाख १४, २०८१

पुरुषाेत्तम खनाल

खनाल नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया