मलेसियाको पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन हुँदै, राहदानी नवीकरणदेखि यात्रा अनुमतिसम्म लिन सकिने

 भदौ १२, २०८० मंगलबार १५:२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसिया रहेको नेपाली दूतावासले पेनाङ्गमा कन्सुलर सेवा सञ्चालन गर्ने भएको छ ।

आउँदो शनिवार र आइतबार अर्थात् सेप्टेम्बर २ र ३ मा पेनाङ्ग राज्यमा कन्सुलर सेवाका साथै अन्तरक्रिया कार्यक्रम राखिएको दूतावासले जनाएको छ ।

यो कार्यक्रममा विद्युतीय राहदानी नवीकरण तथा यात्रा अनुमतिपत्र बनाउन सकिन्छ । त्यसका लागि सेप्टेम्बर १ अर्थात् यही शुक्रवारभित्र आफ्नो विवरण टिपाउन दूतावासले अनुरोध गरेको छ । 

यही कार्यक्रममार्फत आफ्नो बनेको राहदानी लिन चाहनेले भने गुगल फारममा आफ्नो पुरानो राहदानीको नम्बर अनिवार्य टिपाउन भनेको छ । 

राहदानी नवीकरणका लागि सक्कल राहदानी, स्पष्ट बुझिने नागरिकताको फोटोकपी र राहदानी आवेदन फारम साथमा लैजान पर्छ । मलेसियाबाटै राहदानी नवीकरण गर्दा २४० मलेसियन रिंगिट शुल्क लाग्छ । 

यस्तै राहदानी हराएको, च्यातिएको वा कुनै कारणले बिग्रिएर बनाउन परेमा भने ४८० मलेसियन रिंगिट शुल्क लाग्छ । नेपाल फर्कने यात्रा अनुमतिपत्र बनाउनका लागि भने २४० मलेसियन रिंगिट शुल्क लाग्ने दूतावासले जनाएको छ।

यसका लागि राहदानी वा नागरिकताको फोटोकपी र दुई प्रति पासपोर्ट साइजको फोटो आवश्यक पर्छ ।

कार्यक्रम पेनाङ्गको YMCA 211 Jalan Macalister, Georgetown, 10450, pulau pinang मा हुने छ । 

सेप्टेम्बर २ शनिवारका दिन बिहान १० बजेदेखि ५ बजेसम्म र आइतबार बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म कार्यक्रम सञ्चालन हुने दूतावासले जनाएको छ ।

कार्यक्रममा सहभागी हुने फारम भर्न यहाँ क्लिक गर्नुहाेस्

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया