महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईलाई : थाइल्यान्ड ६ रनले पराजित

 भदौ २३, २०८० शनिबार ११:११:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी महिला टी–२० विश्व कप एसिया क्षेत्र छनोटको उपाधि यूएईले जितेको छ । आज भएको फाइनलमा थाइल्यान्ड ६ रनले पराजित भयो । उपाधि विजेता यूएई र उपविजेता थाइल्यान्डले आउँदो वर्ष हुने ग्लोबल टी–२० विश्व कप छनोट खेल्न पाउनेछन् ।

मलेसियाको बायोमासमा जितका लागि ७१ रनको सामान्य लक्ष्य पछ्याएको थाइल्यान्ड १७ ओभर ५ बलमा ६४ रनमा अलआउट भयो । थाइल्यान्डका नट्थाकन चान्थमले सर्वाधिक २२ रन बनाइन् । तर जितका लागि पर्याप्त भएन । नान्नापाट खोंचारोएनकाइ १२ रनमा आउट भइन् ।

सन् २०२० मा विश्व कप खेलिसकेका थाइल्यान्डका ९ खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । यूएईकी काविषा कुमारी एगोडागे र वैष्णव महेशले समान ३ विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७० रन बनाएको थियो । यूएईकी थीर्थ सतिशले सर्वाधिक २३ रन जोडिन् ।

थाइल्यान्डकी ओनिचा खम्चोम्पुले ३ र नट्य बुचथमले २ विकेट लिइन्। हिजो भएको सेमिफाइनलमा नेपाल थाइल्यान्डसँग ४६ रनले पराजित हुँदै बाहिरिएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया