अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै दोषी देखिए पनि बयान लिन र गिरफ्तार गर्न भन्दै आएको छु : प्रधानमन्त्री दाहाल

 भदौ २३, २०८० शनिबार १८:४२:० | किरण लोहनी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यदि अनुसन्धान गर्दै जाँदा प्रचण्ड नै दोषी देखिएमा पनि बयान लिन र आवश्यक परेमा गिरफ्तार गर्न आफूले भन्दै आएको उहाँले बताउनुभएकाे छ ।

आज गोरखाको सिरानचोक गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले जालीझेलीहरूलाई कानूनको दायरामा ल्याउनै पर्ने पनि बताउनुभयो । साथै सरकारले भ्रष्टाचारको हजारौं फाइल खोल्ने तयारी गरिरहेको बताउनुभएको छ ।

‘ललिता निवास जस्तै सरकारी जग्गा व्यक्तिकाे नाममा ल्याउने माफियागिरी देशभर छ’ उहाँले भन्नुभयो, ‘सरकारले भ्रष्टाचार नियन्त्रणलाई अभियानकै रूपमा अघि बढाएको छ, कोही दोषी छ भने मन्त्री भए पनि नेता भए पनि छुट छैन ।’ आफूले सरकारको नेतृत्व गरेपछिको ८/९ महिनामा देशको अर्थतन्त्रमा सकारात्मक संकेत देखा परेको प्रधानमन्त्री प्रचण्डको दाबी छ ।

राजस्व संकलन र रेमिट्यान्स बढेको भन्दै उहाँले पर्यटक आउने क्रम पनि बढ्दै गएकोले अर्थतन्त्रले गति लिने उहाँको बिश्वास छ । सिरानचोक सहित आफूले चुनाव जितेको गोरखा क्षेत्र नम्बर २ को विकासका लागि यो वर्ष पर्याप्त बजेट विनियोजन गर्न नसकेको उहाँको भनाइ छ ।

दस वर्षे जनयुद्दका शहीद सुरेश वाग्ले र भिमसेन पोखरेलको स्मृतिसभामा सहभागी हुन गोरखा आउनुभएका प्रधानमन्त्री प्रचण्डले सिरानचोक र अजिरकोट गाउँपालिकाका जनप्रतिनिधि र स्थानीय बासिन्दासङ्ग अन्तर्किया गर्नुभएको हो ।

शनिवारै प्रधानमन्त्री प्रचण्डले सिरानचोक गाउँपालिका ५ छोप्राकमा सहिद भिमसेन पोखरेलको शालिक अनावरण र युद्द सङ्ग्रहालयको उद्घाटन गर्नुभयो । कार्यक्रममा बोल्दै उहाँले सच्चा कम्युनिस्ट पार्टीहरू एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया