काठमाण्डाै उपत्यकाभित्रका सफा खानेपानीका मुहान ! (फाेटाेफिचर)

 भदौ ३०, २०८० शनिबार ११:५:११ | न्युज एजेन्सी नेपाल
unn.prixa.net

काठमाण्डाै - काठमाण्डाै उपत्यकामा मुहान वरपर फाेहर हुँदा सफा खानेपानी पाउनै मुस्किल छ । अझै काँठ क्षेत्रभित्रका बाक्ला बस्तीमा सफा पानीकाे मुहान देख्नै गाह्राे छ । तर, काठमाण्डाैको सहरी बस्तीबाट केही टाढा भने सफा खानेपानीका मुहान देख्न सकिन्छ । 

सुन्दरीजलमा रहेकाे बाग्मती नदीको मुहान, भक्तपुरको मुहान पोखरी, ललितपुरको कर्मनासा झरनाको मुहान, काठमाण्डाै बैडेश्वर झरनाको मुहान, ललितपुर बाँडेगाउँको झरनाको मुहान, काठमाण्डाै टोखामा रहेकाे झरनाको मुहान र भक्तपुरको खरिपाटीमा रहेको झरनाको मुहान साँच्चिकै सफा र स्वच्छ छन् ।

पछिल्लाे समय भने यी क्षेत्र घुम्न जाने पर्यटकले आफूले गरेकाे फोहोर सफा नगरिदिँदा बिस्तारै प्रदूषण बढिरहेको छ । पानीका मुहान र पर्यटकीय गन्तव्यहरुमा गएको बेलामा जथाभाबी फोहर फाल्नु हुँदैन। यसले पानीकाे मुहान दूषित बनाउँछ । शरीर स्वस्थ राख्न पानीकाे मुहान अनिवार्य सफा राख्नुपर्छ । 

आजकाे फाेटाे फिचरमा न्युज एजेन्सी नेपालले कैद गरेकाे काठमाण्डाैका सफा र स्वच्छ मुहानका तस्बिरहरु । 

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया