काम नगर्ने निर्माण कम्पनी अख्तियारको निगरानीमा

 कात्तिक १७, २०७५ शनिबार १०:५९:४१ | गोविन्द शर्मा
unn.prixa.net

बाँके  – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुको सुक्ष्म निगरानी भइरहेको बताउनुभएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय,  बुटवल सम्पर्क कार्यालय नेपालगञ्जको नवनिर्मित भवनको शनिबार उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेल प्रमुख आयुक्तको मातहत रहेको इन्टेलिजेन्स इकाईले सार्वजनिक पद धारण गरेका व्यक्तिको सुक्ष्म निगरानी गरिरहेको बताउनुभयो । 

पछिल्लो समय स्थानीय तहमा भ्रष्टाचारका उजुरी पहिलो नम्बरमा पुगेको भन्दै उहाँले  स्थानीय तहका काम कारबाही पनि अख्तियारले नजिकबाट नियालिरहेको बताउनुभयो । कानुन बनाउने बहानामा भ्रष्टाचारबाट छुट नमिल्ने भन्दै उहाँले सङ्घीय कानूननको सीमाभित्र रहन स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्नुभयो । 

उहाँले रुग्न प्रकृतिका सम्पूर्ण ठेक्काको विवरण अख्तियारले माग गरिसकेको बताउनुभयो । उहाँले निर्माण कम्पनीलाई  सम्झौताको समयको शर्त अनुसार समयभित्रै गुणस्तरयुक्त काम सम्पन्न गर्न आग्रह समेत गर्नुभयो । 

आयोगले राष्ट्रिय गौरवका आयोजनाका अनुगमन थालिसकेको बताउँदै उहाँले अब निर्माण कम्पनीको उपकरण तथा योग्य जनशक्तिको आधारमा ठेक्का दिनुपर्ने सुझाव दिनुभयो । 

आयोगले यस सम्बन्धमा कार्ययोजना बनाएर सरकारलाई बुझाएको उहाँको भनाई छ । उहाँले भ्रष्टाचारविरुद्ध कसैसँग पनि सम्झौता नहुने बताउँदै वर्तमान सरकार, अख्तियार र राष्ट्र सेवक कसैलाई पनि अब असफल हुने छुट नभएको दावी गर्नुभयो ।  आयोग रहरमा नभई बाध्यतावश विषय प्रवेश गर्ने गरेको उहाँको भनाई छ । कार्यक्रममा आयोगका सचिव महेश्वर न्यौपानेले आयोगले भ्रष्टाचारविरुद्ध अनुसन्धानका लागि आयोगले नयाँ प्रविधि प्रयोग गरिरहेको बताउनुभयो । 

आयोगको कार्यालय बुटवलका प्रमुख रविलाल पन्थका अनुसार  पाँच करोड २८ लाख ४५ हजार ५२२ रुपैयाँको लागतमा  अख्तियारको  प्रशासनिक र सुरक्षा भवन निर्माण सम्पन्न भएको हो ।  २०७२ जेठ १४ गते दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा तीनबर्षमा निर्माण सम्पन्न भएको छ । 

ठेक्का लिएर लामो समयसम्म काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई अख्तियारले सुक्ष्म निगरानीमा राखेको बताउनुभएको छ 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया