क्यानडाकाे भ्यानकुभरमा नेपथ्यको कन्सर्ट

 असोज २०, २०८० शनिबार १४:४:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - क्यानडाकाे भ्यानकुभरमा नेपथ्यकाे कन्सर्ट आयाेजना भएकाे छ । क्यानडा भ्रमणमा रहेकाे चर्चित ब्यान्ड नेपथ्यले भ्यानकुभरमा आयाेजना गरेकाे कन्सर्टमा सयाैँ दर्शककाे उपस्थिति रहेकाे थियाे । 

कन्सर्टमा ‘सा कर्णाली’, ‘मै मरि जाउँला’, ‘कोशीको पानी यो जिन्दगानी’, ‘भेँडाको ऊन’, ‘छेक्यो छेक्यो’, ‘आँगनैभरी’, ‘लामपाते सुरती’, ‘चरी मर्यो’, ‘जोमसोमे’ हुँदै ‘शिरफूल’ ‘रेशम’ र ‘तालको पानी’, ‘रातो र चन्द्रसूर्ये’ लगायत गीतकाे प्रस्तुति दिइएकाे थियाे।

नेपालीमात्रै नभएर भारत, अमेरिका, क्यानडा लगायतका नागरिक पनि कन्सर्ट हेर्न पुगेका थिए ।

झन्डै २७ वर्षदेखि क्यानडामा बस्दै आउनुभएकी निमा शेर्पाले कन्सर्टमा सहभागी हुन पाउँदा निक्कै खुसी लागेकाे बताउनु भयाे । यस्तै, ३० वर्षदेखि क्यानडामा रहनुभएका प्रदीप बानियाँले पनि कन्सर्ट हेर्न पाउँदा रमाइलाे लागेकाे अनुभव सुनाउनु भयाे । 

अब ब्याण्डले ८ तारिख अर्थात् आइतवारका दिन टोरन्टोमा प्रस्तुत दिने भएको छ । त्यसका लागि नेपथ्य टोली टोरन्टो पुगिसकेको छ । त्यहाँ रहेकाे सभागृह ‘म्यासी हल’ मा कन्सर्ट आयोजना हुँदैछ ।

यी कन्सर्टहरुमा क्यानडामा रहेका विद्यार्थीहरुको लागि विशेष छुटको व्यवस्था गरिएको छ । अनलाइनबाटै टिकट लिन चाहनेका लागि नेपथ्यले आफ्नो वेबसाइट  www.nepathya.com.np बाटै पनि उपलब्ध गराएकाे छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया