काठमाण्डौबाट घर फर्कनेको घुइँचो बढ्यो (फाेटाेफिचर)

 कात्तिक ३, २०८० शुक्रबार १०:३७:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - काठमाण्डौ उपत्यकाबाट गाउँ घर फर्कनेको भिड बढेको छ । हिजोअस्तिको तुलनामा आज घर फर्कनेको भिड झन् धेरै छ । कलङ्की, बालाजु, बल्खु, कोटेश्वरलगायतका ठाउँमा बिहानैदेखि यात्रुको घुइँचो लागेको छ ।

आज शुक्रवार भएको र भोलि शनिवारसँगै फूलपाती पनि परेकाले सरकारी कार्यालय तथा अन्य रोजगार क्षेत्रहरूसमेत बन्द हुने भएकाले धेरैजसो आज र भोलि घर फर्कँदै छन् । पछिल्ला दुई तीनयता उपत्यकाबाट दैनिक झन्डै एक लाखको हाराहारीमा यात्रु बाहिरिएका काठमाण्डाै उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

नागढुङ्गा, फर्पिङ, मुड्खु भञ्ज्याङ र भक्तपुरको जगातेबाट उपत्यका छाड्नेहरूको दैनिक चाप बढ्ने गरेको छ । हिजो र अस्ति दुई लाख हाराहारीले काठमाण्डाै छाडेको तथ्याङ्क छ । घर जानेहरूको सङ्ख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडक खण्डमा यात्रु र गाडीको चाप बढेको छ ।

दशैँका लागि  गाउँ घर जाने यात्रुले मुस्किलले टिकट पाएका छन् भने सडकको अवस्थाका कारण यात्रा पनि कष्टकर बनेको छ । गाडीको चापका कारण जाम हुने समस्या एकातिर छ भने अर्कातिर खाल्डाखुल्डी र बिग्रिएका सडकका कारण यात्रा निकै कष्टकर बनेको यात्रुको गुनासो छ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया