यूएईसँगको खेलमा नेपालले पायो १ सय ३५ रनको लक्ष्य

 कात्तिक १७, २०८० शुक्रबार १२:४५:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - आईसीसी टी–२० विश्व कप एसिया क्षेत्र छनोटको यूएईसँगको खेलमा नेपालले १ सय ३५ रनको लक्ष्य पाएको छ ।  

मूलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३४ रन बनायो ।  नेपालका लागि कुशल मल्लले तीन विकेट लिए भने सन्दीप लामिछानेले दुई विकेट लिए । यस्तै, सोमपाल कामी र रोहित पौडेलले एक/एक विकेट लिए ।

यूएईका लागि भिर्तिया अरिविन्दले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै, मुहम्मद वासिमले २६, अशिन शरार्फुुले १६ र आशिफ खानले १३ रन जोडे  ।

आजको खेलको विजेता टोलीले सन् २०२४ मा हुने टी–२० विश्व कप खेल्न पाउनेछ । नेपाल समूह ‘ए’ को उपविजेता र यूएई समूह ‘बी’ को विजेताका रुपमा सेमिफाइनलमा पुगेका हुन् । फाइनल खेल पर्सि आइतवार कीर्तिपुर मैदानमा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया