मालपोतको राजश्व स्थानीय तहको खातामा

 कात्तिक १९, २०७५ सोमबार २०:२४:५९ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा भएको जग्गाको रजिष्ट्रेसनको झण्डै ६ करोड रुपैयाँ बाँकेका स्थानीय तहलाई वितरण गरिएको छ ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेमा भएको रजिष्ट्रेसनको आधारमा जिल्लामा रहेका स्थानीय तहले साउनदेखि असोजसम्मको न्यूनतम तीन लाख ३४ हजारदेखि अधिकतम  तीन करोड २८ लाख रुपैयाँ गरी  पाँच करोड ८६ लाख ३८ हजार ८ सय ६१ रुपैयाँ वितरण गरिएको प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालले जानकारी दिनुभयो ।

भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख मालपोत अधिकृत प्रेम दौल्यालका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्म  रजिष्ट्रेशनबाट ९ करोड ७७ लाख ३१ हजार ४ सय ३५ रुपैयाँ राजश्व जम्मा भएको छ ।

राजश्वको बाँडफाँड अनुसार रजिष्टे«शसन बापत जम्मा हुने रकममध्ये ६० प्रतिशत स्थानीय तह र ४० प्रतिशत प्रदेशको संचित कोषमा दाखिला गर्नुपर्ने व्यवस्था रहेको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया