क्रोएसिया पठाइदिने भन्दै झापाका एक सय जनाभन्दा धेरै युवालाई ठग्ने सञ्जय सरदार पक्राउ

 मंसिर ३, २०८० आइतबार ११:३०:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - झापाका  एक सय जनाभन्दा धेरै युवालाई रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने सञ्जय सरदार विराटनगरबाट पक्राउ परेका छन् ।

मोरङ पोखरीया घर भएका सरदारले झापा कनकाई नगरपालिका-३ सुरुङ्गा बजार र कनकाई टोल तथा झापा गाउँपालिका क्षेत्रका एक सय जनाभन्दा धेरै युवालाई राम्रो रोजगारी लगाइदिने भन्दै प्रतिव्यक्ति एक लाखदेखि ३ रुपैयाँ लाखका दरले रकम उठाएका प्रहरीले जनाएको छ ।

सरदारले त्यहाँका अरु मानिसहरूलाई समेत राम्रो अवसर भएको देश पठाइदिने भन्दै करोडौँ रकम ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । सरदारको ठगीको विषयमा जिल्ला प्रशासन कार्यालय झापा, मोरङ र वैदेशिक रोजगारी विभागमा  समेत उजुरी रहेको छ ।

सरदारले स्थानीय युवालाई आकर्षक तलबमा रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै रकम ठगेर गएकाे साउन महिनादेखि बेपत्ता  बनेका थिए  । उनले पाँच करोड रुपैयाँभन्दा धेरै रकम ठगी गरेको प्रहरीको अनुमान छ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया