'काेप–२८' मा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड बुधवार यूएई जाने

 मंसिर ११, २०८० सोमबार १६:२८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको सम्मेलन 'कोप–२८' मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पर्सि बुधवार यूएईको दुबई जानुहुने भएको छ ।

सम्मेलनमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड दुबई जान लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कोप–२८ मङ्सिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डकी छोरी गङ्गा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरू छन् । प्रधानमन्त्री प्रचण्डले १६ गते शनिवार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । १६ गते नै प्रधानमन्त्री प्रचण्डले पर्वतीय देशहरूको एजेन्डा उठाउन ‘हिमालको पुकार : जलवायु सङ्कटबाट हामीलाई कसले बचाउने छ ?’ भन्ने शीर्षकमा कार्यक्रम आयोजना गर्नु हुनेछ ।

सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले अन्य भेटवार्ताहरू पनि गर्नुहुने छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया