यूएईका लगानीकर्तालाई प्रधानमन्त्रीकाे आग्रह– ‘नेपालमा लगानी गरेर प्रतिफल उठाउनुस्’

 मंसिर १५, २०८० शुक्रबार ६:३७:२१ | रासस
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा पुँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्स (यूएई) का लगानीकर्ताहरुलाई आग्रह गर्नुभएको छ । 

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने क्रममा बिहीवार अबुधाबी पुग्नुभएका प्रधानमन्त्रीले त्यही दिन बेलुकी नेपाल–दुबई व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पुँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गर्नुभएको हो । 

दुबई उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीमा रहेको नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्तरूपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिनुभएको थियो ।

यूएईका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले यूएई र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवम् साझेदारी अपरिहार्य भएको बताउनुभयो । 

दुबई उद्योग वाणिज्य सङ्घका प्रमुख कार्यकारी अधिकृत मोहम्मद अली बिन रसेद लुटाहले नेपाल उद्योग वाणिज्य महासङ्घ र दुबई उद्योग वाणिज्य सङ्घबीच सहकार्य एवम् सहयोग अभिवृद्धिका प्रशस्त क्षेत्र रहेका बताउनुभएको नेपाली दूतावासले जनाएको छ । 

महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र यूएईबीच आर्थिक एवम् व्यापारिक सम्बन्ध बढाउनुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यक्रममा यूएई र नेपालको उद्योग वाणिज्य क्षेत्रका नेतृत्वकर्ता तथा प्रतिष्ठित उद्यमी व्यवसायीहरूको उपस्थिति थियो । त्यसअघि प्रधानमन्त्री प्रचण्डले आबुधाबीमा रहेको ग्रान्ड मस्कको भ्रमण गर्नुभएको थियो । बिहीवारदेखि कोप–२८ दुबईमा शुरु भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया