गोरखामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गयाे

 मंसिर १६, २०८० शनिबार १६:५५:३५ | किरण लोहनी
unn.prixa.net

गोरखा – गोरखाको शहीद लखन गाउँपालिकामा भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ । सिलिङबाट दोभानतर्फ ढुङ्गा बोकेर आउँदै गरेको ध १ त १२५ नम्बरको ट्रयाक्टर अनियन्त्रित भइ सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

दुर्घटनामा शहीद लखन गाउँपालिका–३ बस्ने २९ वर्षीय पदम थापामगरको ज्यान गएको ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक शिवप्रसाद पाठकले बताउनुभयो । शनिवार बिहान १० बजेतिर भएको दुर्घटनामा गम्भीर घाइते भएका थापामगरको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्या गएको उहाँँले जानकारी दिनुभयो । 

दुर्घटनामा ट्रयाक्टर चालक गोरखा नगरपालिका–१३ बस्ने ३५ वर्षीय विश्वास गुरुङ, तनहुँ आँबुखैरेनी–३ बस्ने २२ वर्षीय प्रदीप अर्याल र बहिद लखन–३ बस्ने २६ वर्षीय रामबहादुर आले सामान्य घाइते हुनुभएको छ । ट्रयाक्टर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया