गाेरखाकाे द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

 मंसिर २१, २०८० बिहिबार १८:१९:१३ | किरण लोहनी
unn.prixa.net

गाेरखा – गोरखाको द्रव्य शाह बहुमुखी क्याम्पसका प्रमुखको कार्यकक्षमा विद्यार्थी सङ्घ–सङ्गठनले ताला लगाएका छन् ।

क्याम्पसमा हुने गतिविधिमा आफूहरूसँग आवश्यक समन्वय र छलफल नभएको भन्दै विद्यार्थी सङ्घ–सङ्गठनले आज बिहीवार क्याम्पस प्रमुख रामचन्द्र दुवाडीको कार्यकक्षमा ताला लगाएका हुन् । स्वतन्त्र विद्यार्थी युनियनसहित नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी सङ्घ, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी र नेकपा एमाले निकट अनेरास्ववियुले संयुक्तरूपमा प्रेस विज्ञप्ति जारी गर्दै क्याम्पस प्रशासनको कमी कमजोरी र बेथितिविरुद्ध तालाबन्दी गरिएको उल्लेख गरेका छन् ।

विद्यार्थी सङ्घ–सङ्गठनले क्याम्पसका कर्मचारीको दैनिक हाजिरी नभएको, पठनपाठन नियमित नभएको तथा पुस्तक, सरसफाइ औषधिजस्ता विद्यार्थीको आधारभूत आवश्यकतासमेत पूरा नगरिएको पनि विज्ञप्तिमा उल्लेख गरेका छन् ।

क्याम्पस प्रमुख दुवाडीले विद्यार्थी सङ्गठनले आफ्ना मागबारे क्याम्पस प्रशासनलाई औपचारिक जानकारी नदिई ताला लगाएको बताउनुभयो । ताला खोलेर शैक्षिक र प्रशासनिक गतिविधि नियमित गराउन तत्कालै पहल थालिएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया