सप्तरीमा ब्राउन सुगरसहित एक युवक पक्राउ

 मंसिर २३, २०८० शनिबार १७:१८:४५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका-५ कुशाहाका २७ वर्षीय उमेश चौधरी रहेका जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

चौधरीलाई इलाका प्रहरी कार्यालय कडोरवानाबाट खटिएको प्रहरी टोलीले सुरुङ्गा-५ कुशाहा टोल सडक खण्डबाट पक्राउ गरेकाे हाे । 

उनले लगाएको जिन्स पाइन्टबाट ० दशमलव ३५ मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरी प्रवक्ता एवम् डीएसपी ढुण्डीराज न्याैपानेले जानकारी दिनुभयो ।

यसबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया