चितवनमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा एकै विद्यालयका शिक्षक र लेखापालकाे ज्यान गयाे

 मंसिर २४, २०८० आइतबार ९:९:५५ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन - चितवनको माडीमा जीपले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

हिजो बेलुका माडी नगरपालिका–१ बरुवाको चिताई खोलाको पुलमा लु २ च २५०८ नम्बरको जीपले बाग्मती प्रदेश ०६००१ प ४०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे हाे । 

दुर्घटनामा मोटरसाइकल चालक सोमेश्वर माध्यमिक विद्यालयका लेखापाल सूर्य अधिकारी र मोटरसाइकलकाे पछाडि रहेका शिक्षक बेगबहादुर खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ । अर्का शिक्षक भवानीप्रसाद पौडेल घाइते हुनुभएको छ  ।

उहाँको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । जीप चालकलाई इलाका प्रहरी कार्यालय माडीले पक्राउ गरेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया