एक वर्ष पुगेपछि ‘बोल्ड डिसिजन’ लिन्छु : प्रधानमन्त्री प्रचण्ड

 पुस ६, २०८० शुक्रबार १३:४५:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यकालको एक वर्ष पुगे लगत्तै ‘बोल्ड डिसिजन’ लिने बताउनुभएको छ । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा निर्माण सम्पन्न चार सय केभी. इनरुवा जीआईस सबस्टेसन उद्घाटनको क्रममा आज उहाँले यस्ताे बताउनु भएकाे हाे । 

उहाँले प्रधानमन्त्री बनेको एक वर्ष पूरा भइसकेपछि नयाँ ढङ्गबाट क्रमभङ्ग गर्ने कोसिस गरिरहेको बताउनु भयो । अबको निर्णय नागरिकको साथमा हुने उहाँले बताउनु भयो । उहाँले नागरिककाे निरासा चाँडै नै आशामा परिणत हुने दाबी समेत गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘मेरो अब एक वर्ष पूरा हुँदैछ, प्रधानमन्त्री भएर तेस्रो कार्यकाल शुरु गरेको । एक वर्ष पूरा भएपछि मैले नयाँ ढङ्गले काम गर्दैछु ।’

नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा बनेको चार सय केभी. इनरुवा जीआईस सबस्टेसन नेपालकै दोस्रो ठूलो सबस्टेसन हो । प्रधानमन्त्री प्रचण्डले ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेशनकाे उद्घाटन गर्नुभएको हो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया