यूएईबाट ३ सय जनाभन्दा धेरै भारतीय यात्रु लिएर उडेको विमान फ्रान्समा अवतरण, मानव तस्करीको आशङ्का

 पुस ७, २०८० शनिबार १७:२२:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त अरब इमिरेट्स (यूएई) बाट तीन सय तीन जना भारतीय यात्रु लिएर निकारागुआका लागि उडेको विमान फ्रान्समा अवतरण गराइएको छ ।

रोमानियाली लिजेन्ड एअरलाइन्सको एअरबस ए–३४० विमान निकारागुआको राजधानी मानागुआगा प्रस्थान गर्दै गरेकोमा फ्रान्समा अवतरण गराइएको बीबीसी हिन्दीले जनाएको छ । चार्टर्ड गरिएको विमानलाई पेरिसभन्दा एक सय ५० किलोमिटर दुरीमा रहेको वेटरी विमानस्थलमा अवतरण गराइएको हो ।

सुरक्षा अधिकारीले विमानमा रहेका केही यात्रुलाई पक्राउ गरेर विमानस्थल नै सिल गरेका थिए । घटनाकाे बारेमा अनुसन्धान भइरहेको पनि फ्रान्सेली अधिकारीले बताएका छन् । पेरिसमा रहेको भारतीय दूतावासले पनि विमान रोकिएको विमानस्थलमा आफ्ना अधिकारी पुगेर घटनाकाे बारेमा अनुसन्धान भइरहेको बताएको खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया