बारामा शिक्षककाे हत्यामा संलग्न रहेको आरोपमा भारतीय एक युवक पक्राउ

 पुस ११, २०८० बुधबार ८:५३:५० | जयनारायण यादव
unn.prixa.net

बारा - बाराको एक निजी विद्यालयका प्रधानाध्यापकको हत्यामा संलग्न रहेको आरोपमा एक जना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको मोतिहारी सुकलहियाका २५ वर्षीय सुजितकुमार सिंह रहेका प्रहरीले जनाएको छ । सिंहलाई विश्रामपुर गाउँपालिका–३ सीमा नजिकैबाट दुई राउन्ड गोली हानेर पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिनुभयो ।

सिंहको दुईवटै खुट्टामा गोली लागेको छ । उनको कलैया अस्पतालमा उपचार भैरहेको छ । सिंहको साथबाट एक थान पेस्तोल र तीन राउन्ड गोली बरामद भएको प्रहरीले जनाएको छ । गएको असोज १३ गते कलैयाको बाल एकता बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकारको गोली हानी हत्या भएको थियो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया