रास्वपा केन्द्रीय सदस्य र सांसदकाे लेबी शुल्क २५ हजार रुपैयाँ

 पुस २४, २०८० मंगलबार २०:३३:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्य र सांसदहरूका लागि लेबी शुल्क वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेकाे छ ।

आज सिंहदरबारमा बसेकाे सचिवालय बैठकले लेबी शुल्कमा एकरूपता ल्याउन लागि केन्द्रीय सदस्य र सांसदहरूका लागि वार्षिक २५ हजार रुपैयाँ निर्धारण गरेकाे प्रमुख सचेतक सन्ताेष परियारले बताउनुभयाे । यसअघि केन्द्रीय सदस्यहरूले एक लाख रुपैयाँ तिर्नुपर्थ्याे । यस्तै पार्टी सदस्यता शुल्क एक हजार रुपैयाँ ताेकेकाे प्रमुख सचतेक परियारले जानकारी दिनुभयाे ।

उहाँले भन्नुभयो, ‘पार्टी सदस्यता शुल्क हजार रुपैयाँ तोकेका छौँ । त्यस्तै पार्टीको लेबी शुल्कका लागि केन्द्रीय सदस्य र सांसदहरूले वार्षिक २५ हजार रुपैयाँ तिर्नुपर्ने निर्धारण गरेका छाैँ ।’

यसैगरी बैठकले पार्टीको ऊर्जा नीति कार्यदल र सार्वजनिक प्रशासनसम्बन्धी कार्यदलको म्याद थप गरेको छ । बैठकले पार्टीको केन्द्रीय निर्वाचन आयोगकाे सचिवमा भूमिनन्द बराल र सदस्यहरूमा प्रा. डा. अत्यन्द्र दाहाल, राम गुरुङ, अधिवक्ता सुमित्रा पण्डित क्षेत्रीलाई नियुक्त गरेको उहाँले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया