पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु हुँदैन : सभापति लामिछाने

 पुस २७, २०८० शुक्रबार १९:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सम्मान गर्न कन्जुस्याइँ गर्नु नहुने बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले ३०२ औँ पृथ्वी जयन्तीकाे अवसरमा आज काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा सभापति लामिछानेले देशलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने राष्ट्र निर्माताप्रतिको सम्मान सबैले गर्नुपर्ने बताउनुभयो । उहाँले पृथ्वीनारायण शाहलाई राजावादीले आफ्नो मात्रै हुन् भन्ने र गणतन्त्रवादीले हाम्रो होइनन् भन्ने सोच्न नहुने बताउनुभयो । राष्ट्र निर्मातालाई सबैको साझा बनाउने काममा लाग्नुपर्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘त्यति बेलाको बाइसे, चौबिसे राज्यलाई एक ढिक्का बनाई नेपाल भनेर गौरव गर्न सक्ने बनाउने राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे सम्मान गर्न कसैले पनि कन्जुस्याइँ गर्नु हुँदैन । राजावादीले हाम्रो मात्रै पेवा हो भन्न पनि भएन, गणतन्त्रवादीले हाम्रो होइन भन्नु भएन । सबैको साझा बनाउने काममा लाग्नुपर्छ ।’

सभापति लामिछानले राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई राजनीति भन्दा माथि राख्नुपर्ने बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया