'भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनकाे उपाधि विनोद राईलाई

 पुस २८, २०८० शनिबार ९:४७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - 'द भ्वाइस अफ नेपाल'काे पाँचाैँ सिजनको उपाधि इलामका विनोद राईले जितेका छन् । 

गएराति ललितपुर गोदावरीमा रहेकाे सनराइज हलमा भएको ग्राण्ड फिनालेमा राईले तीन प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेका हुन् ।

विजेता राईले २० लाख रूपैयाँसहित विभिन्न पुरस्कार हात पारेका छन् । दर्शकले दिएको भाेटकाे आधारमा विजेता घोषणा गरिएको हाे । विजेता राई कोच मिलन नेवारकाे समूहबाट प्रतिनिधित्व गर्छन् । 

यस्तै, मकरबहादुर योञ्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भएका छन् ।

'द भ्वाइस अफ नेपाल' काे पाँचाैँ सिजनमा प्रमोद खरेल, राजेश पायल राई, मिलन नेवार र उदय सोताङ कोचको भूमिकामा रहेका थिए । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया