मिस युनिभर्स नेपाल २०२४ का लागि आउँदो अप्रिलबाट आवेदन

 पुस २८, २०८० शनिबार १६:३६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मिस युनिभर्स नेपालका लागि आउँदो अप्रिलबाट आवेदन खुला हुने भएको छ । ग्लोबल ग्ल्यामर भेन्चरले पत्रकार सम्मेलन गर्दै आउँदो अप्रिलबाट मिस युनिभर्स नेपाल २०२४ का लागि आवेदन खुल्ने बताएको हो ।

युनिभर्स वुमन २०२३ विजेता भ्यालेन्टिना सान्चेज ट्रिभेलाले कार्यक्रममा प्रतियोगीहरुलाई विश्वव्यापी प्रतियोगितामा आवश्यक पर्ने कुराको बारेमा जानकारी तथा आफ्ना अनुभव बाँड्नु भएको थियो ।

कार्यक्रममा अन्तर्राष्ट्रिय प्रशिक्षक अलेक्ज्याण्डर गोन्जालेजले मिस युनिभर्स नेपाल २०२४ का बारेमा आफ्नो दृष्टिकोण राख्नु भएको थियो । 

मिस युनिभर्स नेपाल २०२४ को विजेतालाई मिस युनिभर्स २०२४ को लागि मेक्सिकोमा आगामी नोभेम्बरमा ९० देशका सुन्दरीहरुसँग प्रतिस्पर्धा गर्ने अवसर हुनेछ । 

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया