राष्ट्रिय सभा चुनाव : उम्मेदवारले ३ लाख ५० हजार रुपैयाँसम्म खर्च गर्न पाउने

 पुस २९, २०८० आइतबार १६:११:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदाे माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको चुनावमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ ।

उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६५ तथा राष्ट्रियसभा सदस्य निर्वाचन नियमावली २०७६ को नियम ४६ (१) सँग सम्बन्धित अनुसूची–१ बमोजिम तीन लाख पचास हजार रुपैयाँसम्म खर्च गर्न पाउने व्यवस्था गरेकाे आयाेगले जनाएकाे छ ।

याे खर्च मतदाता नामावली खरिद, गाडी तथा इन्धन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तरक्रिया, कार्यालय सञ्चालन, प्रतिनिधि परिचालन र विविध शीर्षकमा गर्न सकिने आयोगले आज निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

उम्मेदवारले खर्च गर्दा बैंक वा वित्तीय संस्थामा छुट्टै खाता खोली त्यही खाताबाट खर्च गर्नुपर्नेछ । यसरी खर्च गर्दा उम्मेदवारकाे तर्फबाट खर्च गर्ने जिम्मेवार पदाधिकारी तोकी उसकाे नामसहितकाे विवरण निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्नेछ । खर्चको विवरण चुनाव सम्पन्न भएपछि सार्वजनिक गरी राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६५ तथा निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ को दफा ३१ बमोजिम चुनाव परिणाम घोषणा भएको ३० दिनभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नसमेत आयोगले सूचित गरेको छ ।

१० सदस्यीय पदका लागि हुने चुनावका लागि सातै प्रदेशमा ५१ जना उम्मेदवार कायम रहेका छन् । ती उम्मेदवारलाई आयोगले शनिवार चुनाव चिह्न वितरण गरिसकेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया