काठमाण्डाै उपत्यकाको सबैभन्दा ठूलो मातातीर्थ सबस्टेशन निर्माण सम्पन्न

 माघ २४, २०८० बुधबार १५:६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौको मातातीर्थमा २२०/१३२ केभीको सबस्टेशन निर्माण सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी–काठमाण्डौ प्रसारण लाइन आयोजनाअन्तर्गत त्रिशूली र मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाहरूको बिजुली काठमाण्डौ उपत्यकामा आपूर्ति गर्न चन्द्रागिरि नगरपालिकको मातातीर्थमा सबस्टेशन बनाएको हो ।

सबस्टेशनबाट देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन सहयोग पुग्ने प्राधिकरणले जनाएको छ । अब काठमाण्डौ उपत्यकामा बिजुली आपूर्तिका लागि मातातीर्थ सबैभन्दा ठूलो सबस्टेशन 'हब' बनेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबस्टेशनबाट बिजुली आपूर्ति हुन थालेपछि काठमाण्डौ उपत्यकाको बिजुली आपूर्ति थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने बताउनुभयो ।

मर्स्याङ्दी–काठमाण्डौ र त्रिशूली–काठमाण्डौ प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एकआपसमा आबद्ध गरी मल्टिसर्किट लाइनमार्फत मातातीर्थ सबस्टेशनमा समाहित गरिएको छ ।

यसैगरी प्राधिकरणले चोभारमा एक सय ३२ केभीको सबस्टेशनको निर्माण गरिरहेको छ । मातातीर्थबाट चोभारसम्मको एक सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न भइसकेको छ । चोभारबाट ललितपुरको पाटनसम्म एक सय ३२ केभी भूमिगत प्रसारण लाइन र पाटनमा एक सय ३२ केभी सबस्टेशन निर्माणका लागि ठेक्का सम्झौता भइसकेको प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया