शेयर बजार सामान्य बढ्याे, २ अर्ब ८४ कराेड रुपैयाँकाे काराेबार

 माघ २४, २०८० बुधबार १८:५:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शेयर बजार आज सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज चार दशमलव ९२ अङ्कले बढेर दुई हजार ९० दशमलव ६४ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा, अन्य र व्यापार बाहेक अरू समूहको शेयर बढेकोमा जीवन बीमा, होटल तथा पर्यटन समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज गुराँस लघुवित्त, समाज लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर, इस्टर्न हाइड्रोपावर र एसियन हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनसीसी डिबेन्चर २०८६ को शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज ७७ लाख ३२ हजार कित्ता शेयर दुई अर्ब ८४ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया