विदेशमा पढ्न जानेहरूका कारण ६ महिनामै झन्डै ५९ अर्ब रुपैयाँ बाहिरियो

 माघ २५, २०८० बिहिबार १५:१४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – चालु आर्थिक वर्षको छ महिनामा विदेश पढ्न जाने विद्यार्थीहरूको नाममा झन्डै ५९ अर्ब रुपैयाँ विदेशिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्म भ्रमण व्यय अन्तर्गत विदेशमा पढ्न जानेहरूले ५८ अर्ब ९५ करोड रुपैयाँ लगेका छन् । अघिल्लो वर्षको छ महिनामा जम्मा ३५ अर्ब ३६ करोड रुपैयाँ बाहिरिएकोमा यो वर्षको छ महिनामै साढे २२ अर्ब रुपैयाँभन्दा धेरैले बढेको हो ।

नेपालमा विश्वविद्यालयको पढाइ गुणस्तरीय नहुँदा र पढाइअनुसारको काम नपाउँदा विद्यार्थीहरू विदेशिने क्रम बढेको छ, विद्यार्थी बढेसँगै नेपालबाट अर्बाैँ रुपैयाँ पनि बाहिरिएको छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन शाखाका अनुसार गएको आर्थिक वर्षमा एक लाख १० हजार दुई सय १७ जनाले वैदेशिक शिक्षाका लागि अनुमति लिएका थिए । एक लाख १० हजार जना विद्यार्थीबाट गएको वर्ष एक खर्ब ४२ करोड रुपैयाँ बाहिरिएको छ ।

यसैबीच साउनदेखि पुससम्म नेपालको खुद सेवा आय ३६ अर्ब छ करोड रुपैयाँले घाटामा रहेको छ । यो अवधिमा विदेशीले नेपालमा ३९ अर्ब ५६ करोड रुपैयाँ खर्च गरेका छन् । तर नेपालीले विदेशमा गरेको खर्च ९२ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया