सामसङकाे ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन नेपाली बजारमा

 फागुन ६, २०८० आइतबार १९:१९:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली बजारमा सामसङ ग्यालेक्सी ए१५ फाइभजी स्मार्टफोन सार्वजनिक भएको छ । सामसङले भर्खरै याे स्मार्टफाेन भित्र्याएकाे हाे । याे स्मार्टफाेन भाेलिदेखि नेपाली बजारमा उपलब्ध हुनेछ ।

यो स्मार्टफोनमा एफएचडी प्लस रेजोल्युसन भएको ६ दशमलव ५ इन्चको सुपर एमोलेड डिस्प्ले छ । ९० हर्ज रिफ्रेस रेट सहितको डिस्प्ले गर्दा स्क्रोल गर्दा, ट्याप गर्दा वा स्वाइप गर्दा सहज हुने कम्पनीले जनाएको छ । यसमा अत्याधुनिक मिडिया टेक डाइमेन्सिटी ६१०० प्लस चिपसेट राखिएको छ । यो स्मार्टफोन विभिन्न भेरियन्टमा उपलब्ध छ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, ५ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्राे लेन्स रहेको छ । १३ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको यसमा २५ वाटको वायर्ड चार्जिङ सहित ५००० एमएएचकाे ब्याट्री छ । याे स्मार्टफाेन कालो निलो, निलो र हल्का निलोमा उपलब्ध छ ।

याे स्मार्टफाेन विभिन्न भेरियन्टमा उपलब्ध छ । नेपाली बजारमा ६/१२८ जीबी भेरियन्टकाे मूल्य २७ हजार ९ सय ९९, ८/१२८ जीबी भेरियन्टकाे २९ हजार ९ सय ९९ र ८/२५६ जीबी भेरियन्टकाे ३३,९ सय ९९ रुपैयाँ तोकिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया