इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न हमासलाई समयसीमा तोक्यो

 फागुन ७, २०८० सोमबार ९:६:२५ | एजेन्सी
unn.prixa.net

इजरायले बन्धक बनाइएका आफ्ना नागरिकलाई रिहा गर्न विद्रोही समूह हमासलाई समयसीमा दिएकाे छ । 

हमासले गाजामा रहेका सबै इजरायली बन्धकहरूलाई मार्च १० सम्म रिहा नगरे रफाहमा कडा आक्रमण गर्ने चेतावनी दिएको छ । मार्च १० देखि रमजान शुरु हुँदैछ । यसैलाई लक्षित गरेर इजरायलले आफ्ना नागरिकलाई रिहा गर्न भनेको हो ।

इजरायलले आफ्नो सेना गाजाको दक्षिणी भाग रफाहमा प्रवेश गरेर आक्रमण गर्ने चेतावनी दिएकाे यो पहिलो पटक भएको बीबीसीले जनाएको छ । गाजाका विभिन्न भागबाट भागेर आएका १५ लाख प्यालेस्टिनीहरूले रफाहमा आश्रय लिएका छन् ।

पछिल्लो समय इजरायलले त्यहाँ हवाई आक्रमण तीव्र बनाइरहेकाले  विश्वव्यापी रुपमा विरोध समेत भइरहेको छ । 
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया