वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु

 फागुन ७, २०८० सोमबार १८:२:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – पर्साकाे वीरगञ्जमा आज बेलुकी ५ बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कर्फ्यु जारी भएको छ ।

रौतहटको ईशनाथ नगरपालिकाको मोतिपूरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा भएको विवादलाई लिएर वीरगञ्जमा आज प्रदर्शन भएको थियो । प्रदर्शन उग्र हुने र शान्ति सुरक्षा बिग्रने शङ्कामा जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि वीरगञ्ज महानगरपालिकाका केही ठाउँमा कर्फ्यु आदेश जारी गरेको हो ।

पूर्वमा बाराको सिमाना जोडिएको नगवा चाेक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर र दक्षिणमा मितेरी पुल भन्सारसम्मको क्षेत्रमा अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएको छ । कर्फ्युलाई अटरी गर्नेमाथि कडा कारबाही हुने प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया