विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित

 फागुन ९, २०८० बुधबार १५:१२:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपाल नामिबियासँग दोस्रो खेलमा पनि पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा नामिबियाले नेपाललाई २ विकेटले हरायो । नेपालले दिएको १ सय ६९ रनको सामान्य लक्ष्य नामिबियाले १० ओभर बाँकी छँदै ८ विकेट गुमाएर भेटायो ।  उसका लागि गेरहार्ड इरास्मसले सर्वाधिक ५२ र जेजे स्मितले ३४ रन बनाए । नेपालका कुशल भुर्तेलले तीन तथा दीपेन्द्रसिँह ऐरी, रोहित पौडेल, ललित राजवंशी र कुशल मल्लले एक/एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको नेपालले ३७ ओभर एक बलमा अल आउट हुँदै एक सय ६८ रन बनायो। नेपालका लागि आशिफ शेखले ५८ रन, कुशल मल्लले ३६ रन, भीम सार्कीले २६, कुशल भुर्तेलले १८ र करन केसीले १२ रन बनाए । अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । नामिबियाका बर्नाल्ड  स्कोल्ज्ड र जन निकोल लेफ्टी इटोनले चार विकेट लिए ।

यसअघि भएको पहिलो खेलमा पनि नामिबियाले नेपाललाई चार विकेटले हराएको थियो । आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो । आजको हारसँगै नेपाल तीन खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा झरेको छ । यो शृङखलाको अन्तिम खेल नेपालले नेदरल्याण्ड्ससँग आउँदो आइतवार खेल्नेछ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया