न्युजिल्याण्डसँगको पहिलो टी–२० क्रिकेट अष्ट्रेलियाले जित्यो

 फागुन ९, २०८० बुधबार १८:२९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्याण्डसँगको पहिलो टी–२० क्रिकेट अष्ट्रेलियाले जितेको छ । विलिङटन्मा घरेलु टोली न्युजिल्याण्डले दिएको २ सय १६ रनको विशाल लक्ष्य अष्ट्रेलियाले ४ विकेट गुमाएर अन्तिम बलमा भेटायो । अन्तिम ओभरमा अष्ट्रेलियालाई १९ रन चाहिएकोमा टिम डेविड र मिचेल मार्सले १९ रन नै बनाए । अष्ट्रेलियाका मिचेल मार्स ७२ रनमा नटआउट रहे ।

न्युजिल्याण्डका मिचेल सान्टनरले २ विकेट लिए । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका लागि रचिन रवीन्द्रले ६८ र डेवन कनवेले ६३ रन बनाएका थिए । आजको जितसँगै तीन खेलको शृङ्खलामा अष्ट्रेलियाले १–० को अग्रता बनाएको छ ।  

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया